Daily Archives 24th November 2019

ज्ञानेन्द्र फेरि पश्चिम नेपालको भ्रमणमा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार पश्चिम नेपालको भ्रमणमा निस्कने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणि पाठकले उनी आगामी आइतबार निजी भ्रमणको सिलसिलामा भैरहवा जान लागेको बताए । शाहले प्रदेश नम्बर ५ को अस्थायी राजधानी भैरहवालाई मुकाम बनाएर त्यसआसपासको जिल्लाको भ्रमण गर्ने बताइएको छ । सो भ्रमणका क्रममा उनले विभिन्न मठ मन्दिरको भ्रमण गर्नुका साथै राजवादीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । उनी करिब २ साता त्यहाँ रहने बताइएको छ । यसअघि पनि पूर्वराजाले विभिन्न स्थानको भ्रमण गर्दै आएका थिए ।
More

१० करोडको लगानीमा नेपालीले संचालन गरे बेलायतमा ओरियन्टल सुपर मार्केट

लण्डन। बेलायतस्थित गैरआवासीय नेपालीहरुको लगानीमा अल्डरसट टाउनमा चाईना ओरियन्टल सुपर मार्केटले आफ्नो सेवा दिन सुरु गरेको छ । आइतवार देखि सुरु गरिएको सो मार्केटमा बिशेष गरी नेपाली, चाइनिज, कोरियन, जापनीज, थाईल्याण्ड, मेलिशियन, इन्डोनेशियन, इन्डियन लगायत साउथ एशियनसंग सम्बन्धित सामानहरु थोक तथा खुद्रा सामान बिक्री हुने वताएको छ । सो सुपरमार्केटमा कमल गुरुङ, एनआरएन युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, राजु घले, अनिल प्रधान, राजेन्द्र श्रेष्ठ लगायतको समुहको लगानी रहेको छ । लगानीकर्ता मध्यका एक मुछेत्र गुरुङका अनुसार ७ लाख पाउण्ड (१० करोड रुपैयाँ) भन्दा बढी लगानीमा सो सुपर मार्केट संचालनमा आएको हो । सुपर मार्केटको विधिवत उद्घाटन समारोहमा स्थानीय रस्मुर बरो काउन्सिल
More

भवन भट्टलाई एनआरएनएले तोक्यो नेपाल भ्रमण वर्ष २०२० को संयोजक

लण्डन । गैरआवासीय नेपाली संघले नेपाल भ्रमण वर्ष २०२० को लागि संयोजकमा निर्वतमान अध्यक्ष भवन भट्टलाई चयन गरेको छ । गैरआवासीय नेपाली संघको हालै काठमाण्डौंमा सम्पन्न नयाँ कार्यसमितिको बैठकले भट्टलाई संयोजकको जिम्मेवारी दिएको हो । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि उनको संयोजकत्वमा एक समिति गठन गरेको संघका महासचिव डा. हेम राज शर्माले जनाए । सरकारले गतवर्ष घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष लिएको छ । संघले आफ्ना शाखा मार्फत विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको छ ।
More

सिड्नीमा आफ्नै श्रीमतीद्धारा नेपाली युवाको हत्या

अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली युवाको हत्या भएको छ। ग्रानभिलमा वर्कसप चलाइरहेका सन्तोष गौतमको पारिवारिक झगडा हुँदा श्रीमतीले हत्या गरेको प्रहरीको आशंका छ। गौतमकी श्रीमती नुमा (नाम परिवर्तन)लाई प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको छ। घरायसी झगडा र पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनापछि प्रहरीलाई तीन शुन्यमा फोन गरिएको थियो भने प्रहरी र एम्बुलेन्स आएर घाइतेलाई वेष्टमिड अस्पताल लगिएको थियो। जहाँ नेपाली मूलका ती युवाको मृत्य भएको घोषणा गरिएको थियो। घटनामा सामान्य घाइते भएकी नुमालाई शनिबार वेष्टमिड अस्पतालमा राखिएको थियो भने बिहान डिस्चार्ज गरेर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आइतबार बिहानै
More

मिस वर्ल्डमा अनुष्कालाई जिताउन एनआरएन यूकेको सकृयता

लण्डन। मिस वर्ल्ड प्रतियोगितामा भाग लिन मिस नेपाल अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन्। मिस वर्ल्ड २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन उनी बुधबार साँझ लण्डन आइपुगेकी हुन्। यस वर्षको मिस वर्ल्ड प्रतियोगिता आउँदो डिसेम्बर १४ मा लण्डनमा आयोजना हुँदैछ। जसमा विश्वका करिब १ सय १० भन्दा बढी देशको सहभागिता रहनेछ। अबको दुई साता अनुष्का विभिन्न चरणका प्रशिक्षण र प्रतिस्पर्धाहरूमा व्यस्त रहनेछन्। विशेषगरी प्रतियोगितामा मल्टिमिडिया अवार्ड जित्नको लागि उनलाई ‘अनलाइन लाइक’को आवश्यक पर्छ। लन्डन आउनु अगाडि मिस नेपाल अनुष्काले गैरआवासीय नेपाली संघसँग एक समझदारी गर्दै आफूले संघको सद्भावना दूतको रुपमा कार्य गर्ने भएकी थिइन्। एनआरएनले आफ्नो सञ्जालमार्फत अनुष्कालाई सहयोग गर्ने
More

मिर्गौलापीडित चौधरीलाई एनआरएनए नाइजेरियाद्वारा सहयोग

राष्ट्रिय समन्वय समितिले तिहारमा देउसी खेली कल्याणकारी कोषमा जम्मा गरेको रकम मिर्गौलापीडितको उपचारको लागि सहयोग गरेको छ । समितिले पैसठ्ठी हजार आठ सय सतसठ्ठी कैलालीको टिकापुर नगरपालिका सितापुरका दुवै मिर्गौला काम नलाग्ने भइ काठमाडौंको त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत बिपन्न परिवारका रमेश चौधरीलाई उपचार सहयोग गरेको हो । एनआरएनए नाइजेरियाका सदस्यहरुले गत तिहारको देउसीमा एनआरएनए नाइजेरियाको कल्याणकारी कोषका लागि गरेको सहयोग एनआरएनए नाइजेरियाले टिकापुर सरोकार समूहमार्फत उनको खातामा हस्तान्तरण गरेको थियो । सहयोगकर्ताहरुमा चिरञ्जीवी रोका (१०० युएस डलर), बिश्वास पौडेल (१०० युएस डलर), बिदुर घिमिरे (५० युएस डलर), संजय थापा (१०० युएस डलर), अभिषेक मान सिंह (५० युएस डलर), आशा श्रेष्ठ
More

ऊर्जामन्त्री–चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आइतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । भेटमा उर्जामन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै उक्त भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्षभित्र उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाइ कार्यान्वयन गर्ने समझदारी भएको भन्दै उक्त समझदारीलाई अघि बढाउने
More

बाघको छालासहित ६ जना पक्राउ

धादिङ । धादिङ प्रहरीले पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको छ। गजुरी गाउँपालिका वडा नम्बर २ चालिसे भन्ने ठाउँबाट गोही गाउँपालिका वडा नम्बर ३ का भाईराम प्रजा, राजेन्द्र तामाङ, ज्ञान बहादुर बिक, आशिष तामाङ तथाबेनिघाट रोराङ गाउँपालिका २ का सन्त तामाङ र राज कुमार तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राई र ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। मोटरसाईकलमा सवार ६ जना व्यक्तिहरुलाई प्रहरीले खानतलासी गर्दा बा १८ प ९६९३ नम्बरको मोटरसाईकल चालक प्रजा पछाडी सवार राजेन्द्र तामाङले
More

सिंगापुरमा चार नेपाली सम्मानित

काठमाडौँ । सिंगापुरमा सम्पन्न भएको छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन् । विभिन्न ३० राष्ट्र आएको २५ विधा बाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए । जसमा अन्तराष्ट्रिय कोरियोग्राफर आस्विनी कान्त झा र पेजेण्ट डाइरेक्टर निशु कान्त झालाइ एक भब्य समारोह बीच प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हज द्वारा सम्मान गरिएको थियो । त्यसैगरि महिला तर्फ लेडी अफ एक्सिलेन्स अवार्डमा २० देश बाट करिब २५० वटा नोमिनेसनमा नेपालको तर्फ बाट युवा ब्यबासयी, समाजसेवी तथा मोडल एलिजा महर्जन र चलचित्र निर्देशक
More