Daily Archives 26th November 2019

नेपालका क्यान्सर पिडित बच्चाहरुको लागि लिभरपूलमा च्यारिटी

लिभरपूल । लिभरपूल नर्थवेस्ट नेपाली समाजले नेपालका क्यान्सर पिडित बच्चाहरुको सहयोगको लागि एक च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ। नेपालको कान्ति बाल अस्पताल लाई निरन्तर सहयोग गर्दै आएको संस्था ‘So The Child May Live’ लाई सहयोग गर्न समाजले आइतवार सो कार्यक्रम आयोजना गरेको हो । सो संस्था लिभरपूलमा रहेको Alder Hey बाल अस्पताका नर्सको सक्रियतामा स्थापना भएको हो । संस्थाले यो बर्ष नेपालका क्यान्सर पीड़ित बालबालिकाहरुको मृत्यु दर घटाउन आवश्यक पर्ने सामाग्री तथा उपचारको लागि आर्थिक संकलन अभियान शुरू गरेको हो । च्यारिटीबाट उठेको रकम बेलायत सरकारले दोब्बर गरीदिनेछ । लिभरपूल र वरिपरी रहेका नेपाललाई माया गर्ने बेलायती तथा भारतिय नागरिकहरुको
More

विदेशी जेलमा ४ सय ४५ नेपाली

काठमाण्डौ । रोजगारीका लागि विदेश गएका ५ सय ४५ नेपाली युवाहरु जेलमा छन् । कतिपयलाई त मृत्युदण्डको सजायँ सुनाइएको छ । विभिन्न अपराधमा संलग्न युवाहरु सम्बन्धितको कानुनी फन्दामा परेका हुन् । कतिपयले जानेरै अपराध गरेका छन् भने कतिपयले आफू रहेको मुलुकको कानुन नजान्दा जेलमा पुग्नु परेको छ । वैदेशिक रोजगारी नेपाली युवाहरुको लागि अवसर र अभिषाप दुवै बनेको छ । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीको हिस्सा २९ प्रतिशत छ । सरकारका अनुसार करिब ४५ लाख नेपाली कामदार विभिन्न देशमा कार्यरत छन् । भारतमा काम गरिरहेका नेपालीको आधिकारिक तथ्यांक भने सरकारसँग छैन । वैदेशिक रोजागारीकै क्रममा घाइते, मृत्यु तथा अंगभंग
More

प्रधानमन्त्री ओली भेन्टिलेटरमा, रगतमा संक्रमणको खतरा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले जनाएको छ। महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा उनलाई भेन्टिलेटरमा राखिएको हो। एपेन्डिक्स फुटेर पेट दुखेपछि ओलीलाई मंगलबार बिहानै डाक्टरहरूले शल्यक्रिया गरेका थिए। प्रधानमन्त्रीलाई पेरिटोनिटिस भएपछि चिकित्सकहरूको टोलीले निरन्तर निगारानीमा राखेका छन्। पेरिटोनिटिस भएपछि सास फेर्न गाह्रो हुन्छ। डाक्टर रमेशसिंह भण्डारी र प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्। शल्यक्रिया गर्नुअघि नै एपेन्डिक्स फुटेर प्रधानमन्त्रीको पेटमा व्यापक संक्रमण (पेरिटोनिटिस) भएको सेतोपाटीमा समाचार छ। पेटमा भएको संक्रमण रगतमा पुगेको खण्डमा त्यसले थप जोखिम निम्त्याउने चिकित्सकहरूले बताएका छन्। रगतमा संक्रमण पुगेको अवस्थामा त्यसले शरीरका विभिन्न
More

प्रधानमन्त्री आइसीयुमा, एपेन्डिसको शल्यक्रिया हुदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि चिकित्सकहरूले मंगलवार शल्यक्रिया गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार सोमबार राति पेट दुखेको थियो। उनी मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुगेका थिए। परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्ने तयारी भएको हो। ठूलो आन्द्रा र सानो आन्द्राको छेउमा तलपट्टी हुने चार इन्चजति लामो नलीलाई एपेन्डिस भनिन्छ। यो पेटको दाँयातिर तल्लो भागमा हुन्छ। एपेन्डिसको काम के हो भन्ने निश्चित छैन। कतिपय अनुसन्धानमा पनि यो शरिरमा काम नलाग्ने अंग भएको र मानव विकासका क्रममा आफैं हराएर जाने सेतोपाटीमा समाचार छ ।
More

प्रधानमन्त्री त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणको लागि मंगलबार बिहान महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियो भास्कुलर सेन्टर पुगेका हुन्। मङ्गलबार बिहान अस्पताल पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। यसअघि प्रधानमन्त्री ओली ८ मंसीरमा स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डि अस्पताल गएका थिए। पछिल्लो समय प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरिँदै आएको छ। हालसम्म उनको चारपटक डायलासिस भएको छ।
More

एनआरएन जापानको प्रमुख संरक्षकमा राजदूत प्रतिभा राणा, ३ दर्जन सल्लाहकार चयन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको दोश्रो नियमित बैठक सम्पन्न भएको छ । बैठकले संरक्षक, मनोनित सदस्य तथा सल्लाहकार परिषद्मा विभिन्न व्यक्तित्वलाई मनोनित गरेको छ । एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको बैठकले कार्यसमितिमा मनोनित हुन बाँकी सदस्यहरुलाई सर्वसहमतिले मनोनित गर्नुका साथै संरक्षक परिषद र सल्लाहाकार समितिको पनि चयन गरेको हो । जसअनुसार संरक्षक परिषदको प्रमुख संरक्षकमा राजदूत प्रतिभा राणा, संरक्षकमा एनआरएनएका निवर्तमान केन्द्रीय अध्यक्ष भवन भट्ट, पूर्व केन्द्रीय अध्यक्ष देवमान हिराचनका साथै एनआरएनए जापानका पूर्वअध्यक्षहरु राजन प्रधानाङ्ग, रोशन केसी, ओम गुरुङ, पारसमणी पोखरेल, सुदन थापा र टासी वाङ्दी लामालाई चयन गरेको छ । एनआरएनए जापानको मनोनित सदस्यहरुमा
More

युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले चढाए ५०० किलोको ‘शिव लिङ्ग’

लण्डन । लण्डन निवासी युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले बेलायतको अल्डरसट स्थित शिव मन्दिर भवनका लागि एउटै ढुंगाबाट बनेको सबैभन्दा ठूलो ५०० किलो बराबरको शिव लिङ्ग सहयोग प्रदान गरेका छन । समाजसेवा गर्न निकै रुची राख्ने स्वभाव भएका लामिछानेले मन्दिर भवनका लागि शिब लिङ्ग चढाएर सहयोग गरेका हुन । अब यस मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग रहने भएको छ। लामिछानेले उक्त ५०० किलो बराबरको शिव लिङ्ग बेलायत स्थित नेपाली दुताबासमा एक कार्यक्रमका बीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका अध्यक्ष रोहित कुमार गुरुङ लगायत समाजसेबी तथा बेलायतबासी श्रद्धालुहरुको
More

२०७६ काे मिस्टर र मिस माेडर्न उपाधि सर्वाेच्च र टिसालाई

मोडर्न बोर्डिङ सेकेण्डरी स्कूलले २०६५ सालदेखि शुरु गरेको मिस्टर र मिस माेडर्न प्रतियोगिताको १२ औं एपिसोडको रुपमा आयोजित २०७६ काे मिस्टर र मिस माेडर्न उपाधि सर्वाेच्च र टिसालाई प्राप्त भएको छ । बेस्ट नेपालभाषा फिमेल माेडल २०१८ शाेभा महर्जनकाे प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयाेजक रामकुमार श्रेष्ठले अभियानले हासिल गरेका राष्ट्रिय अन्तराष्ट्रिय महत्वका उपलब्धीहरुको उल्लेख गर्दै आफूले भबिस्यका कर्णधार नव पुस्तालाई प्रेरित र अभिप्रेरित गर्न आफ्नो क्षमताले भ्याएसम्म योगदान दिने गरेका केही उदाहरणहरु दिनु भयो । श्रेष्ठले यस किसिमका कार्यक्रमले लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन ठूलो भूमिका निर्बाह गर्ने बताउनु भयो । कार्यक्रममा मर्निङ
More

विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डाक्टर पक्राउ

काठमाडौं । चेकजाँच गर्न आएकी विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा चिकित्सक रोहितप्रसाद झाले हातमा हत्कडीमा लाग्नेवित्तिकै ठट्यौली शैलीमा भने । मेडिसिटी अस्पतालबाट नियन्त्रणमा लिएर जाउलाखेलस्थित हिरासतमा पुर्‍याएपछि भने झाको अनुहारको रंग बदलियो । जबरजस्ती करणी उद्योगमा पक्राउ परेका झालाई भेट्न पुगेकी श्रीमती उनलाई देख्ने बाहिर भक्कानिइन् । तब डा. झाले बलात्कार गर्न नखोजेको भन्दै प्रतिवाद गरे । यद्यपि उनी दोषी देखिने पर्याप्त आधार रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । (प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि पनि कर्मचारीमाथि जबरजस्तीकरणी उद्योग गरेको आरोप लागेको छ र १९ असोजमा पक्राउ परेका उनी डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।) ‘होल बढी चेक अप’ गर्न जाँदा…
More

कृषि विकास बैंकका कर्मचारीले गरे करोडौँ रकम दुरुपयोग

काठमाडौँ । नागरिकको निक्षेपमा चल्ने बैंकको रकममा कसरी बदमासी हुँदोरहेछ भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार दायर गरेको एउटा मुद्दाबाट पुष्टि भएको छ । नागरिकले खाइनखाई जम्मा पारेको निक्षेप सरकारी स्वामित्वको बैंकका एक कर्मचारीको गलत मनसायले निकालेको र बैंकको प्रणालीलाई नै क्षति पु¥याएको देखिएको छ । कृषि विकास बैंक सरकारी स्वामित्वको बैंक हो । कृषि विकास बैंक स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा नियमितविपरीत ३३ करोड ९३ लाख रकम निकालेको पाइएको छ । यस्ता प्रवृत्तिले बैंक तथा वित्तीय संस्थाप्रति नै नागरिकको विश्वाससमेत गुम्ने अवस्था रहेको छ । बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छ । आयोगले
More

विकास आयोजनाको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय मातहत निकायका विकास आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । सिंहदरबारमा आज भएको मन्त्रालयगत चालू आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले विकास आयोजनालाई निर्धारित समयभित्रै सम्पन्न गर्नेगरी गति बढाउने स्पष्ट मार्गचित्रसहित अगाडि बढ्न मन्त्री तथा सचिवलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले ‘नीति एकातर्फ, बजेट अर्कोतर्फ र कार्यक्रम अर्कोतर्फ’ रहेको प्रवृत्तिकाबारेमा औँल्याउँदै स्रोत निश्चित नभएका, नीति तथा कार्यक्रम र बजेटमा नपरेका परियोजनामा खर्च गर्ने तथा बजेट विनियोजन भएका कार्यक्रमका रकम अलपत्र पार्ने प्रवृत्ति दोहोरिन नदिन सचेत गराए । उनले भने, “नीति कार्यक्रम एउटा छ, बजेट अर्को छ,
More