Daily Archives 27th November 2019

Foreign Ministers of Nepal and Russia meet in Moscow

KATHMANDU: Minister for Foreign Affairs Pradeep Kumar Gyawali held delegation-level talks with his Russian counterpart Sergey Lavrov in Moscow on Monday. According to the Ministry of Foreign Affairs, the two Ministers exchanged views on various aspects of bilateral relations. They underscored the importance of the exchange of high-level visits, including the judicial, parliamentary and business exchanges. Minister Gyawali handed over the invitation of the President Bidya Devi Bhandari to the President of Russia Vladimir Putin to pay a state visit to Nepal. He also handed over the invitation of Prime Minister KP Sharma Oli to his Russian counterpart Dmitry Medvedev.
More

स्विट्जरल्याण्डमा लाग्यो ‘गो ब्याक इन्डिया’को नारा

बर्न। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि स्विट्जरल्याण्डमा रहेका नेपालीले पनि सो नक्साप्रति आपत्ति जनाउँदै विरोधमा उत्रेका छन्। नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभागमा समेटेपछि उनीहरूले मंगलबार राजधानी बर्नस्थित भारतीय दूतावास अगाडि सीमा अतिक्रमणको विरोध गरेका हुन्। गैरआवासीय नेपाली संघ, प्रवासी नेपाली एकता मंच तथा जनसम्पर्क समिति स्विट्जरल्याण्डको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो । प्रर्दशनमाा स्विट्जरल्याण्डका विभिन्न क्षेत्रमा बसोबास गर्नै नेपाली तथा स्विस नागरिकको पनि सहभागी थिए। प्रहरीको प्रत्यक्ष निगरानीमा भएको उक्त विरोध प्रदर्शनमा नेपालको राष्ट्रिय झण्डासहित ‘सीमा अतिक्रमण बन्द गर’, ‘कालापानी लिपुलेक हाम्रो हो’, ‘गो ब्याक इन्डिया’ लगायतका नाराहरु रहेको प्लेकार्ड
More

तेक्वान्दोमा बेलायतमा दुई नेपालीले जिते स्वर्ण पदक

जगन कार्की । लण्डन । दुई नेपाली तेक्वान्दो खेलाडीले ब्रिटिश तेक्वान्दो ओपन २०१९ मा स्वर्ण पदक जितेका छन् । मकाउ बसोबास गर्दै आएका राजु नगरकोटी र सञ्जिव नेपालीले म्यानचेस्टरमा सम्पन्न ब्रिटिश तेक्वान्दो ओपनको पुम्सेमा स्वर्ण पदक जितेको नेपाल राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थ बिक्रम क्षेत्रीले जानकारी दिए । नगरकोटी र नेपालीले पुम्से तेक्वान्दोमा क्रमसः ५० बर्ष र ४० वर्ष उमेर समूहका बिजेता बनेका हुन् । ब्रिटिश ओपन तेक्वान्दोमा नेपालसहित इग्ल्यान्ड, आयरल्यान्ड, फिनल्यान्ड, ग्रिस, इटाली, जोडर्न, स्पेन, भारत र आयसल्यान्डका खेलाडीको सहभागिता रहेको बताइएको छ । शनिबार र आइतबार भएको ब्रिटिश तेक्वान्दो ओपनको पुम्से ५० वर्ष मूनिको समूहमा
More

अर्घाखाँची बस दुर्घटना १८ को मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताए । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको
More

भारतबिरुद्ध एनआरएन युकेले लण्डनमा प्रर्दशन गर्ने

लण्डन । भारतले हालै जारी गरेको नक्समा लिपुलेक, लिम्पियाधुरा ,कालापानी लगायत नपालको बिभिन्न स्थानको भूभाग आफ्नो नक्सामा पारी एकतर्फी सिमा नक्सा सार्वजानिक गरेको विरोधमा लण्डनमा प्रर्दशन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आयोजनामा आगामी सोमवार लण्डनस्थित भारतीय दुताबास आगाडि शान्तीपूर्ण बिरोध प्रदर्शन गर्ने तयारी गरिएको हो । सो विरोध कार्यक्रमलाई सफल पार्न सहयोगका लागि बेलायत स्थित सम्पूर्ण नेपाली संघ संस्था, पत्रकार, वकिल, प्राध्यापक, बुद्दिजिवी, नागरीक समाजका अगुवा, सामाजिक अभियन्ता, पूर्ब गोर्खाज तथा सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई आग्रह गरिएको छ । २ डिसेम्वर (सोमवार) दिउँसो १२ बजे देखी सुरु हुने सो विरोध कार्यक्रममा उपस्थितीको लागि बेलायतमा क्रियाशील सम्पूर्ण
More

गेसोद्वारा युद्वबन्दीको मुद्दा जितेको दिनको सम्झना

दोस्रो विश्वयुद्वमा युद्वबन्दीको मुद्दा जितेको ऐतिहासिक दिनको सम्झनामा गोरखा भुतपूर्व सैनिक संघ (गेसो) ले राजधानीमा एक कार्यक्रमको आयोजना गरेको छ। गेसो केन्द्रीय कार्यलय ललितपुरमा बुधबार युद्वबन्दीको मुद्दा जितेको दिनको स्मरण गर्दै धुप बात्ती बालेर मनाएको छ। सन् २००२ नोभेम्बर २७ आजकै दिन बेलायतको उच्च अदालतले गोर्खा युद्वबन्दीको पक्षमा फैसला सुनाउँदै क्षतिपूर्तिस्वरूप १० हजार पाउण्ड दिने निर्णय गरेको थियो। गेसोले बेलायतको उच्च अदालतमा मे ८, २००२ मा युद्वबन्दीको विषयमा मुद्दा दायर गरेको थियो। बिबिसीका अनुसार श्री न्यायमूर्ति म्याककमले गोर्खाहरूलाई क्षतिपूर्ति योजनाबाट हटाउने निर्णय “तर्कहीन र जातीय दुवै” भएको भन्दै युद्वबन्दीको पक्षमा फैसला सुनाएको थियो। ‘गोर्खाहरुसँग नश्लवादको आधारमा ब्रिटिश साम्राज्यका अन्य देशको
More

ओलीको स्वास्थ्यमा क्रमिक सुधार : अस्पताल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । बुधबार बिहान १०ः३० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार मंगलबारको शल्यक्रियापछि प्रधानमन्त्रीलाई सघन उपचारकक्षमा चिकित्सकको निरत्नर निगरानीमा राखिएको छ। ‘ सम्माननीय ज्यूको स्वाथ्यमा निरन्तर सुधार भइरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा रहेको व्यहोरा जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ। अचानक पेट दुखेपछि मंगलबार बिहान स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका ओलीमा एपेन्डिसाइटिस देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको हो। शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
More

जलेश्वरमा जीप र मोटरसाईकल ठोकिँदा तीन जना घाईते

म्याग्दीको नगरपालिका–६ जलेश्वरमा मंगलवार यात्रुबहाक जीप र मोटरसाईटल ठोक्किँदा तीन जना घाईते भएका छन् । गलेश्वरदेखी बेनी बजारका लागि छुटेकोे ध१च २३५ नम्बरको बोलेरो जिप र बेनी बजारदेखी गलेश्वर जाँदै गरेको ध१प ३५४९ नम्बरको भिआर मोटरसाईकल एक आपसमा ठोकिँदा मोटरसाईकलमा सवार रघुगंगा गाउँपालिका– ६ पाखापानीका २३ बर्षीय सन्तोष थजाली गम्भिर घाईते भएका छन् । अरु दुईजना सामान्य घाईते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका बैकुण्ठ पौडेलले जानकारी दिए । उनका अनुसार मोटरसाईकलामा थजाली, अम्मर पाईजा र मनी पुर्जा सवार रहेका थिए । घाईते भएका थजालीको टाउकोमा चोट लागेको छ । उनको जिल्ला अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत
More

उप-निर्वाचनको लागि निर्वाचन सामाग्री पठाइयो

बागलुङ- गण्डकी प्रदेशसभाको उपनिर्वाचनका लागि अन्तिम तयारी स्वरुप निर्वाचन सामाग्री पठाउने काम थालिएको छ । मंगलवार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सबै कर्मचारी खटनपटक सकिएको छ । त्यस्तै कर्मचारीले लैजानुपर्ने निर्वाचन सामाग्री पनि लगिसकेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए । मंगलवार जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सबै प्रकारका सामान, मतपत्र, मतदानका लागि बाकस समेत बुझेर लगेका हुन् । उनीहरुले बुधवार बेलुकी सम्म सबै मतदान केन्द्रमा पुग्ने योजना बनाएका छन् । कतिपय मंगलवारै हिडेका छन् भने केहीले बुधवार मात्र हिड्ने योजना बनाएको बताए । निर्वाचनमा खटाएका कर्मचारीलाई दिनुपर्ने भत्ता निकासामा ढीलाई भएपछि कतिपय कर्मचारी समयमा काममा निस्कन
More

कर्णाली प्रदेश सरकारद्वारा कानूनविपरीत रकमान्तर

सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा कानूनविपरीत ठूलो रकम रकमान्तर गरेको पाइएको छ। सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले गरेको अध्ययनअनुसार ऐनविपरीत रु दुई अर्ब बढी रकमान्तर गरेको पाइएपछि समितिले मङ्गलबार सम्बन्धित मन्त्रीलाई बोलाएर स्पष्टीकरण लिएको छ। समितिको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सहभागी थिए । सामाजिक विकासमन्त्री दल रावल प्रदेश राजधानी बाहिर भएकाले समितिले मन्त्रीद्वयसँग रकमान्तरबारे स्पष्टीकरण लिएको हो । बैठकमा उपसमितिका संयोजक तथा सार्वजनिक लेखा समितिका सदस्य करवीर शाहीले विनियोजन विधेयकमा मन्त्रालयले आफ्नो कूल बजेटको १० प्रतिशतभन्दा बढी रकम अर्को शीर्षकमा रकमान्तर गर्न
More

सरकार र निजी मेडिकल कलेजबीच २ बुँदे सहमति

काठमाडौं। मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने भएका छन्। मंगलबार राति अबेर सम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकबीच भएको छलफलमा अतिरिक्त शुल्क समायोेजन गर्ने सहमति भएको हो। बिभिन्न ५ बँुदामा सहमति गरेका मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने प्रकृया बुधबारदेखि नै थाल्नेछन्। सहमति पत्रमा शैक्षिक सत्र २०७४÷७५ र २०७५÷०७६ मा सरकारले गरेको निर्णयअनुसार नै शुल्क समायोजन हुने उल्लेख छ। यस्तै दोस्रो बुँदाको २०७२/०७३ र २०७३/०७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन आयोगसमक्ष आग्रह गर्ने उल्लेख छ। यस्तै चालु शैक्षिक
More

बालुवाटारको लापरवाहीका कारण प्रधानमन्त्री ओली सिकिस्त

केही दिन अस्पतालमै बस्नुपर्ने काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। उनी अबका केही दिन अस्पतालमै रहने भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मंगलबार दिउँसो ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको हो। शल्यक्रियापछि चिकित्सकको सल्लाहमा केही दिन अस्पतालमै बस्नुपर्ने भएकाले उनलाई त्यहीं भर्ना गरिएको छ। हाल उनलाई अस्पतालको आइसियूमा उच्च निगरानीमा राखिएको छ। अस्पतालले साँझ साढे सात बजे विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। प्रधानमन्त्रीलाई अत्यधिक पेट दुखेपछि संक्रमण हुनेगरी एपेन्डिसाइटिस भएको थियो। ‘एपेन्डिसाइटिस भएपछि दुखाइ बढ्छ तर निजी चिकित्सकलाई खबर गरिएन कि वा प्रधानमन्त्रीले दुखेको कुरा भन्न चाहनुभएन। एपेन्डिसाइटिस भएर पेटको
More

शुल्क फिर्ता गर्न मेडिकल कलेज प्रतिबद्ध

काठमाडौं । मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कबापतको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार राति मन्त्रालयमा भएको वार्तामा उनीहरूले शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन्। मन्त्रालयका अधिकारी र कलेज सञ्चालकबीच भएको सहमतिअनुसार बुधबारेदखि नै शुल्क फिर्ता प्रक्रिया सुरु हुनेछ। शिक्षामन्त्री पोखरेलले भने, ‘मेडिकल कलेजहरू शुल्क फिर्ता गर्न वा आवश्यकताअनुसार समायोजन गर्न सहमत भएका छन्। यो काम बुधबारदेखि सुरु हुन्छ।’ सहमतिअनुसार शैक्षिक वर्ष ०७४।७५ र ०७५।७६ मा सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले फिर्ता वा समायोजन गर्ने भएका छन्। दुवै शैक्षिक वर्षमा मेडिकल कलेजले विद्यार्थीसँग बंैकिङ प्रणालीबाट रकम लिएका थिए। शैक्षिक वर्ष ०७२।७३ र
More

जर्मनीको संग्रहालयबाट चोरिए बहुमूल्य गहना

बर्लिन — पूर्वी जर्मनीको एक विश्वप्रसिद्ध संग्रहालयबाट बहुमूल्य गहना चोरी भएका छन् । अधिकारीहरुले सन् १७२३ मा ‘अगस्टस द्वितीय द स्ट्रोङ’ को शासनकालका बहुमुल्य गहना टुक्राएर बेचिन सक्ने चिन्ता व्यक्त गरेका छन् । स्याक्सोनी राज्यको निकै सुरक्षित मानिने ‘ड्रेसडेन ग्रिन भल्ट’ बाट चोरिएका गहनाको बहुमुल्य रहेका बताइएको छ । दुईजना चोरले संग्रहालयमा राखिएका दशमध्ये तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरेका हुन् । अधिकारीका अनुसार अन्य ७ वटालाई भने चोरले छोएका पनि थिएनन् । प्रहरीले घटनापछि खोजी तथा अनुसन्धान कार्य तीव्र पारेको जनाएपनि गहना भेटिनेमा आशंका पैदा भएको जनाइएको छ । संग्रहालय प्रमुखले गहनाको मूल्य तोक्नै नसकिने तथा तिनको
More