Daily Archives 28th November 2019

कसरी छनोट हुन्छन् एनआरएनए मनोनित सदस्य ?

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विद्यान अनुरुप २१ जना कार्यसमिति सदस्यको मनोनयन हुदैंछ । संघले विश्वभर छरिएका आफ्ना शाखाबाट ७ महिला १४ पुरुषलाई केन्द्रीय समितिमा ल्याउने तयारी गरेको हो । संघलाई आवश्यक परेमा विश्वभरबाट विशेषज्ञताका आधारमा मनोनयनमा पर्ने छन् । संघको मनोनयन सम्वन्धि नियमावलीले विज्ञहरुको आवश्यकता अनुसार भौगोलिक क्षेत्रबाट कति जना सदस्य रहने भन्ने निर्णय गर्ने व्यवस्था गरेको छ । कुनै उम्मेदवारको झोला बोकेको वा अध्यक्ष र पदाधिकारी नजिक रहेर चिनजान सम्पर्कको आधारमा हुने मनोनयनलाई नियमावलीले अस्वीकार गरेको छ । गत निर्वाचनमा पराजित उम्मेदवार मनोनयनमा पर्ने छैनन् । यस्तै संघको नियमावली अनुरुप क्षेत्रीय संयोजकको सिफारीसलाई सुझावको रुपमा ग्रहण
More

अष्ट्रेलियामा २५ नेपाली जेलमा

सिड्नी । पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख रोजाइ अष्ट्रेलिया बन्ने गरेको छ । विस्तारै अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गर्दा अपराधका घटनामा नेपालीहरुको संलग्नता पनि देखिन थालेको छ । विभिन्न अपराधमा अष्ट्रेलियाको जेलमा २५ जनाभन्दा बढी नेपालीहरु रहेको बताइएको छ । उनीहरुलाई विभिन्न अभियोगमा पुर्पक्षका लागि पक्राउ गरेका छन् भने कोही सजाय काटी रहेका छन् । कोही जघन्य अपराधमा सजाय काटिरहेका छन् भने कोही आफ्नै लापरबाहीका कारण जेल सजाय भोगिरहेका छन् । सन्तोष गौतम हत्या प्रकरणमा प्रहरीले उनकी श्रीमतीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । त्यस्तै अन्य धेरै जना अपराधका कारण अष्ट्रेलियाको जेलमा सजाय काटिरहेका छन्
More

जन्मदिनको खर्च कटाएर जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

बेलायत । सामाजिक आभियाता तथा युवा ब्यबसायी बिष्णु खरेलले आफ्नी छोरी ब्रीशाको १५ औं जन्मदिनमा गर्ने खर्च कटाएर तीन जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । बेलायतस्थित बेलिफ रेस्टुरेन्टका प्रबन्धक खरेलले धादिङको ज्वालामुखी गाउँपालिकाको स्कूलमा अध्ययन गर्दै आएका एक छात्र र दुई जना छात्रा लाई एक वर्षसम्म लाग्ने सम्पूर्ण खर्च ५० हजार दिएका हुन् । यसअघि गत महिना उनले बुद्ध फाउन्डेसन युकेमार्फत कपिलबस्तुमा आश्रम निर्माणको लागि एक हजार पाउण्ड सहयोग गरेका थिए ।
More

‘पोर्तुगलमा एनआरएन र पत्रकार बीच भिडन्त’

‘पत्रकारको कलम बन्द गर्न खोज्दा एनआरएनए विवादमा’ पोर्तुगलमा सक्रिय मिडियाका सम्पादक, नेपाल पत्रकार महासंघको प्रस्तावित पोर्तुगल शाखा लगायतले रासस पोर्चुगल सम्वदाता भगवान गिरीले सम्प्रेशित गरि प्रकाशित समाचारको अनावश्यकरूपमा खण्डन गरेको र समाचारको वास्तविकतालाइ बंग्याएको भन्दै एनआरएनए पोर्तुगलप्रति आपत्ति जनाएका छन् । समाचारको भावर्थ नबुझी शिर्षक पढेर खण्डन गरिएकोप्रति पत्रकारहरुले प्रश्न उठाएका हुन् । एनआरएनए आफ्नै बक्तब्यमा पोर्तुगलको सडकमा नेपाली दुर्ब्यसानी बढेको, तिनीहरुको बास सडकमा हुने गरेको र सबैको सहयोगमा उद्दार गरिएको स्पष्ट स्वीकारोक्ति हुँदाहुँदै त्यही समाचार कसरी गलत भयो ? के अब यो समाचार पछि पोर्तुगलमा यस्ता खालका सबै समस्याहरु निराकरण भएका हुन् ? अब यो सवाल पोर्तुगलमा सधैंकालागि हल
More

प्रधानमन्त्री हिँड्न खोजेपछि चिकित्सक हैरान, मोबाइल भेटेपछि धमाधम रिप्लाई

काठमाडौं । जस्तोसुकै कठिन परिस्थितिमा पनि धैर्य देखाउने र हाँसो ठट्टा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको मौलिक शैली अस्पतालको सघन उपचार कक्षमा पनि कायमै देखेर चिकित्सकहरु हैरान भएका छन् । सामान्य मान्छे पनि एपेन्डिसाइटिसको शल्यक्रियापछि मिर्गौलाको डाइलासिस गरिरहेका र जटिल रोगहरुको सामना गरिरहेका प्रधानमन्त्री ओली भोलिपल्ट बिहानै उठेर हिँड्न खोजेपछि चिकित्सक पनि चकित परे । विहीबार बिहानदेखि हिँड्न सक्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओली विहानै उभिएर बाहिरतिर टहलिन खोजेपछि चिकित्सक हैरानीमा परेका हुन् । उनीहरुले प्रधानमन्त्रीलाई आराम गर्न र हिँडडुल नगर्न सम्झाउनुपरेको उपचारमा संलग्न टिमका एक सदस्यले बताए । बुधबारै अक्सिजन मास्क कहिले निकाल्ने हो भन्दै चिकित्सकलाई सोधेका प्रधानमन्त्री ओलीले आफू
More

उपचुनावका दिन जाँड रक्सीमा प्रतिबन्ध, बाहिरका मान्छेलाई प्रवेश निषेध

चितवन । शनिबार चितवनका दुई स्थानीय तहका तीनवटा वडामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका वडा नं १६ र पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । यसका लागि सबै तयारी पूरा भएको जिल्लास्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ । जिल्लामा कुल १५ पद रिक्त रहे पनि तीन वडाध्यक्षका लागि मात्रै निर्वाचन गर्न लागिएको हो । १४ पद मध्ये जिल्ला समन्वय समितिमा निर्वाचन ९ जनाको पद रिक्त छ भने दलित ३ पदमा उम्मेदवारी नै परेको छैन । गए राति १२ बजेबाट निर्वाचन हुने वडामा मौन अवधि सुरु भएको कार्यालयका
More

साना उद्यमीलाई पूँजीको अभाव हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने बताएका छन्। नेपाल हस्तकला महासंघले भृकुटीमण्डपमा आयोजना गरेको १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री डा. खतिवडाले व्यवसायीलाई सहुलियत ऋणमा कर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका हुन। मन्त्री डा‍‍. खतिवडाले निर्यात हुने वस्तुमध्ये हस्तकलाको विशेष महत्व रहेकाले यस व्यवसायको प्रवद्र्धनका लागि व्यवसायीले लक्ष्यसहितको वार्षिक कार्यतालिका लिएर आएमा यस क्षेत्रको समस्या समाधान गर्न आफूले सहयोग गर्ने विश्वास दिलाएका छन्। भ्रमण वर्षमा आउने पर्यटकलाई हस्तकलाका सामग्री देखाउन व्यवसायीसँग समन्वय गरी प्रदर्शनीकक्ष निर्माण गरिने बताउँदै मन्त्री डा. खतिवडाले पर्यटकले मौलिक परम्पराका
More

अश्लील भिडियो प्रेमिकाको परिवारलाई पठाउने नेपाली विद्यार्थी अस्ट्रेलियामा पक्राउ

काठमाडौं। अस्ट्रेलियाको एडिलेडमा विद्यार्थी भिसामा बसिरहेका एक नेपाली युवकलाई अस्ट्रेलियाको प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नी पूर्वप्रेमिकाको अश्लील फोटो तथा भिडियो उनका परिवारलाई पठाएको आरोपमा पक्राउ गरिएको हो । यो अस्ट्रेलियाको इतिहासकै पहिलो ‘सेक्सटोर्सन’ केस भएको डेलिमेलको समाचारमा उल्लेख छ । २५ वर्षका यी युवालाई उनको निवासबाटै बुधबार पक्राउ गरिएको अस्ट्रेलियाको संघीय प्रहरीले जनाएको छ । बिहीबार उनलाई एडिलेड मनिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । कानुनी कारणले उनको पहिचान खुलाइएको छैन । सरकारी वकिलले उनलाई कुनै प्रकारको जमानत दिन नहुने दावी गरेका थिए र अदालतले उनलाई पुलिस हिरासतमै राख्न आदेश दिएको छ । उनको अर्को सुनुवाइ अर्को महिना हुनेछ
More

प्रधानमन्त्री ओली हिँड्न थाले, ट्वीटर ह्याण्डलमार्फत भने ‘मेरो स्वास्थ्यमा सुधार भइरहेको छ’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा थप सुधार आएको छ। महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार एपेन्डिसाईटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ। बिहीबार बिहान अस्पतालका चिकित्सक अरुण सायमीले प्रधानमन्त्री ओली सामान्य हिडन र खाना खान सक्ने भएको जानकारी दिए। उनले प्रधानमन्त्री ओलीलाई अझै सघन उपचार कक्षमा नै राखिएको पनि बताए। प्रधानमन्त्री ओलीले पनि बिहीबार बिहानै ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका थिए। प्रधानमन्त्री ओलीको उपचारमा चिकित्सकहरु अरुण सायमी, रमेशसिंह भण्डारी, दिव्या सिंहलगायतको टिम रहेको छ।
More

नेपालको वास्तविक नक्सा सार्वजनिक गर्न माग

काठमाडौं । नागरिक समाजका अगुवाहरूले नेपालको वास्तविक नक्सा सहितको श्वेतपत्र जारी गर्न माग गरेका छन् । सीमा बचाउ अभियान र सजग नागरिकहरूले बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याललाई भेटेर संविधानमै सुगौली सन्धि अनुसारको नक्सा राख्न माग गरेका हुन् । सन् १८१६ मा भएको सुगौली सन्धि अनुसार काली (महाकाली) पश्चिमका सम्पूर्ण भूभाग नेपालको हो । ‘लिम्पियाधुरासम्मको क्षेत्र देखिनेगरी नक्सा तयार गरी संविधानमा समावेश गरियोस् । साथै राष्ट्रिय चिह्नमा समेत सच्याइयोस्’ नागरिक अगुवाहरूले मन्त्री आर्याललाई बुझाएको माग पत्रमा भनिएको छ । अभियानका संयोजक भैरव रिसालले लिम्पियाधुरा समेटिएको नेपालको नक्सा मन्त्री अर्याललाई बुझाउँदै २०१८ सालमा आफैले जनगणना गराएको क्षेत्र
More

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ। अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ। सन् २०२० को मार्च महिनाभित्रै विमानस्थल सञ्चालन गर्नेगरी आयोजनाको कामको गति बढाइएको छ। पूर्वाधार निर्माण सकेर त्यसको तीन महिनापछि व्यावसायिक उडान थाल्ने योजना बनाएको यो आयोजनालाई प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विशेष प्राथमिकतामा राखेर उच्च अधिकारीलाई जिम्मेवारी दिएको
More

स्वच्छतामा ध्यान नदिने पाउरोटी उद्योगमा शिलबन्दी

भद्रपुर । खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ। जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधबार गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत संचालित भएको फेला पारेपछि अस्मिता पाउरोटी उद्योगलाई शिलबन्दी गरेको हो। टोलीले मेचीनगरमा रहेका आधा दर्जन बेकरी उद्योगमा अनुगमन गरेको थियो । मेचीनगर–१० मा रहेको अस्मिता पाउरोटी उद्योगले नेपाल सरकारले तोकेको खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्डलाई चरम बेवास्ता गर्दै आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेका कारण कारवाहीस्वरुप मेसिनमा शिलबन्दी
More