Daily Archives 30th November 2019

यस्तो छ शनिवार साँझ सम्मको उपनिर्वाचनको परिणाम

काठमाडौं। शनिबार मतदान सम्पन्न भएपछि उपनिर्वाचनको मतपरिणा आउनेक्रम जारी छ। एक प्रतिनिधिसभा, ३ प्रदेश सभा, एक उपमहानगरपालिका मेयर र डवा अध्यक्षलगायत ५२ स्थानका लागि शनिबार मतदान भएको थियो। प्रायः स्थानमा मतगणना शुरु भएको छ। यतिबेलासम्म ११ वडाको अन्तिम मतपरिणाम आएको छ। यतिबेलासम्मको परिणामः १ थवाङ,१ रोल्पा नेकपा बिजयी २ कुमाख,५ सल्यान नेकपा बिजयी ३ पुनर्वास,३ कंचनपुर नेकपा बिजयी ४ सुन्दरबजार,२ लम्जुङ नेकपा बिजयी ५ बडिगाड २ बाग्लुङ नेकपा बिजयी ६ इन्द्रावती ८ सिन्धुपाल्चोक नेकपा बिजयी ७ धुलिखेल नगरपालिका २ काभ्रे नेकपा बिजयी ८ दक्षिणकाली नगरपालिका ३ काठमाडौं नेकपा बिजयी ९ हरिपुर्वा नगरपालिका १ सर्लाही समाजवादी पार्टी विजयी १० साकेला गाउँपालिका
More

उपनिर्वाचनमा सत्ताको दुरुपयोग

काठमाडौँ । विपक्षी कांग्रेसले सत्तापक्षले उपनिर्वाचनमा सरकारी साधनस्रोत दुरुपयोग गरेको आरोप लगाएको छ । सत्ताको संरक्षणमा भौतिक आक्रमण तथा अनेक भय र प्रलोभनका घटना भएको समेत उल्लेख गर्दै कांग्रेसले त्यसप्रति आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा गराउनुपर्नेमा सरकारले आफ्नो पार्टीलाई विजय गराउने ध्याउन्नमा सत्ता दुरुपयोग गरेको बताएका छन्। उपनिर्वाचनमा सत्तापक्षको भूमिका निष्पक्ष नहुनु लोकतान्त्रिक अभ्यासका लागि समेत प्रतिकूल भएको टिप्पणी कांग्रेसले गरेको छ। उसले विज्ञप्तिमा सरकारले चुनावलाई प्रभावित पार्न कहाँ कहाँ र कसरी सत्ता दुरुपयोग गर्‍यो भन्नेचाहिँ उल्लेख गरेको छैन।
More

लण्डन दूतावासमा मिस नेपाल अनुष्का श्रेष्ठ (फोटो फिचर)

लण्डन । बेलायतमा डिसेम्बर १४ मा आयोजना हुन लागेको ‘मिस वर्ल्ड २०१९’ मा सहभागी हुन लागेकी ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठलाई नेपाली दूतावास लण्डनले स्वागत गरेको छ । वेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको निमन्त्रणामा शनिवार नेपाली दूतावास पुगेकी श्रेष्ठ ‘मिस वर्ल्ड २०१९’मा आफ्नो प्रस्तुति र नेपाल भ्रमण वर्ष २०२० को बारेमा छलफल गरेकी थिइन् । श्रेष्ठको स्वागतको लागि राजदूत डा. सुवेदी, नेपाली दुतावास लण्डनका कर्मचारी लगायतको उपस्थिती थियो । This morning I had the honor of being hosted at the Embassy of Nepal in the United Kingdom by the Ambassador His Excellency Dr Durga Bahadur Subedi.
More

दशरथ रंगशाला

१३ औं दक्षिण एसियाली खेलकुद आयोजना हुने मुख्य स्थल काठमाडौंको दशरथ रंगशाला । आइतबार औपचारिक उद्घाटन हुने उक्त रंगशालामा शुक्रबार साँझ ग्रान्ड रियालसल भएको थियो ।
More

लन्डन ब्रिजमा आतंककारी हमला, ३ को मृत्यु, ३ गम्भीर घाइते

लन्डन । लन्डन ब्रिजमा गए राति आतंककारी आक्रमण भएको छ । आतंककारीले छुरा प्रहार गरेर दुईजनाको हत्या गरेको छ भने अन्य तीनजना गम्भीर घाइत भएका छन् । सन्दिग्धमाथि प्रहरीले गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणकारी २८ वर्षीया उस्मा खान भएको पहिचान भइसकेको छ । लन्डन ब्रिजमा यो घटना भएकै समयमा नेदरल्यान्डको द हेगमा यस्तै प्रकृतिको घटना भएको थियो । त्यहाँ एउटा डिपार्टमेन्ट स्टोरमा एक व्यक्तिले छुरा प्रहार गरेर कम्तीमा ३ जनाको हत्या गरेको थियो । प्रहरीका अनुसार आक्रमणकारी फरार छन् । ४०(४५ वर्षका ती आक्रमणकारीको प्रहरीले खोजी गरिरहेको छ । लन्डन ब्रिजमा भएको घटनालाई लन्डन
More

उपनिर्वाचन : बागलुङ, दाङ र चितवनमा मतदान जारी

बागलुङ । बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ का मतदान केन्द्रमा आज बिहान ७ बजेदखि मतदान शुरु भएको छ । ४५ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए । प्रदेशसभा सदस्यको निर्वाचन हुने क्षेत्रमा ४३ र वडाध्यक्षको निर्वाचन हुने बडिगाड–२ मा दुई मतदान केन्द्र छन् । उत्साहपूर्वकरुपमा मतदाता मतदानमा सहभागी भएको ढोरपाटन नगरपालिका–३ स्थित घोसाखानी आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत खिम विकले बताए । प्रदेशसभा सदस्यका लागि १० उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक
More

तीनै तहका रिक्त ५२ पदमा मतदान सुरु, ३३७ उम्मेद्वार भिड्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि मतदान शुरु भएको छ। निर्वाचन आयोगका अनुसार, मुलुकका ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा ७ बजेदेखि मतदान सुरु भएको हो । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दो एकिकृत सुरक्षा योजना बनाइएको छ। प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फबाट ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ। प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फबाट ४३ र स्थानीय
More