Daily Archives 1st December 2019

१२ बजे लण्डनस्थित भारतीय दुतावासमा भेला हुन एनआरएन युकेको आग्रह

लन्डन । छिमेकी मित्रराष्ट्र भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग आफ्नो नक्सामा एकतर्फी राखी सार्वजनिक गरेको 
विरोधमा लन्डनमा प्रदर्शन हुने भएको छ । गैर आवासीय नेपाली संघ बेलायतले लण्डनस्थित भारतीय हाइ कमिसन अगाडि विशाल प्रदर्शन तयारी गरेको हो । भोलि (सोमबार) १२.३० देखि १.०० बजेसम्म विरोध प्रदर्शन गर्न लागिएको एनआरएनए यूकेले जनाएको छ । गैर आवासीय नेपाली संघ केन्द्रीय परिषदले भारतीय कदमको जोडदार विरोध र नजिकको भारतीय दूतावास वा हाइ कमिसनमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न सूचित गरेपछि बेलायत शाखाले पनि प्रदर्शन तयारी गरेको अध्यक्ष पुनम गुरुङले जनाइन् । एनआरएनए युकेले बेलायतवासी समस्त नेपालीलाई प्रदर्शनमा सहभागी भई सीमा समस्या समाधानका लागि
More

गैरआवासीय नेपालीद्धारा स्विडेनको भारतीय दूतावास घेराउ

स्विेडन। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि स्विडेनमा रहेका नेपालीले पनि सो नक्साप्रति आपत्ति जनाउँदै विरोधमा उत्रेका छन्। नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभागमा समेटेपछि उनीहरूले भारतीय दूतावास घेराउ गर्दै सीमा अतिक्रमणको विरोध गरेका हुन्। विरोध प्रदर्शनमा स्विडेनस्थित गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदर्शनकारीले हातमा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो,’ नेपाललाई गरिने हस्तक्षेप बन्द गर ! जस्ता प्लेकार्ड बोकेका थिए। उनीहरूले दूतावास अगाडि भारतका विरुद्धमा व्यापक नाराबाजी पनि गरेका थिए। सीमा अतिक्रमणको विरोधमा प्रदर्शनकारीले रादूतावास घेराउ गर्दे केहिसमय धर्नासमेत बसेका थिए। उनीहरुले दूतावास मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापानपत्र पठाउने प्रयास
More

तेह्रौं सागको भव्य उद्घाटन

काठमाडौँ । नेपालमा आयोजित १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को दशरथ रङ्गशालामा उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजित भव्य समारोहबीच उद्घाटन गरेकी हुन्। उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्द बहादर पुन, खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा लगायत तथा अन्य मन्त्रीहरुको उपस्थित रहेको थियो। सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहने बताएका छन्। सागलाई सफल तुल्याउन करीब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको
More

कास्की–२ मा नेकपाकी उम्मेद्वार विद्या भट्टराई विजयी

कास्की–२ मा विद्या विजयी मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्वार विद्या भट्टराई विजयी भएकी छिन्। शनिबार भएको प्रतिनिधिसभाको उपनिर्वाचन नेकपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले हराउँदै विजयी भएकी हुन्। भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याइन भने पौडेलले १५ हजार ९ सय ९१ ल्याए। ७१ हजार ८ सय ७१ जना मतदाता रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको छ।
More

पोखराको मौजामा ढिस्कोले पुरिएका ५ जनाको ज्यान गयो

पोखरा महानगरको वडा नम्बर २० मौजा स्थित बिसौनामा सडकको काम गरिरहेका ५ जनाको ज्यान गएको छ । पोखरा–मौजा सडकको रिटेनिङवाल निर्माणमा खटिएका सल्यानका तोवान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र ओलीको ज्यान गुमेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । विहान झण्डै ७ : ३० बजे मजदुरहरुले काम गरिरहँदा माथिबाट अचानक ढिस्को खसेको हो । अप्ठ्यारो चट्टान रहेकाले उद्धारमा केही ढिलाई भएको थियोे । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले पुरिएकाको उद्धार गरेको हो । मजदुरहरु सबै सल्यानको बाघचौर नगरपालिका ४ पेडिखोलाका हुन् । ढिस्को खस्दा भागेर बाँच्न सफल रहेका मजदुर खीमलाल बस्नेतले हारगुहार
More

जनयुद्धका सबै घटनाको जिम्मेवारी लिन्छु : अध्यक्ष दाहाल

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धकाक्रममा भएका सबै प्रकारका घटनाको जिम्मेवारी मेलमिलापकै आधारमा टुंग्याउने पक्षमा आफू रहेको बताएका छन् । १७ औं बुद्धिमान पाख्रिनको स्मृति दिवसको अवसरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धका क्रममा भएका राम्रा नराम्रा घटनाहरुको जिम्मेवारी आफूले लिने बताएका हुन् । अध्यक्ष दाहालले भने, ‘युद्ध निर्मम नै हुन्छ । तत्कालिन माओवादी पार्टी र जनयुद्धको नेतृत्वको हैसियतले जनयुद्धकाक्रममा भएका सबै घटनाको जिम्मेवारी लिन्छु ।’ ‘शान्ति सम्झौतामा हस्ताक्षर गर्नुअघि द्वन्द्वमा जे भयो त्यो सबै बिर्सौं’ भन्ने प्रस्तावलाई आफूले नै खारेज गरेको अध्यक्ष दाहालले स्मरण गराए । ‘त्यति बेला सबै बिर्सौं भन्ने प्रस्ताव आएको
More

पोखरामा सडकको काम गरिरहेका ७ मजदुर पुरिए

पोखरा : पोखरा २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ७ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका छन्। आइतबार बिहान साढे ७ बजेतिर ती मजदुर पुरिएको पोखरा २० का वडाध्यक्ष सिम गुरूङले जनाए। सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा मजदुर पुरिएका हुन्।उनीहरूलाई निकाल्ने प्रयास भइरहेको वडाध्यक्ष गुरूङले जनाए। ती मजदुर स्थानीय नभई कामका लागि त्यहाँ पुगेका हुन्। २ जना ढिस्को खस्दा खस्दै भाग्न सफल भएको र ५ जना पुरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । पुरिने सबै सल्यान जिल्फाका हुन् । पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेको एसपी कार्कीले
More

प्रदेश ५ को उपचुनाव : महरा र शंकर पोखरेलको वडामा कांग्रेस विजयी

बुटवल । सत्तारुढ नेकपाका दुई प्रभावशाली नेताहरुको वडा दाङको घोराही उपमहानगरपालिका वडा नंं. १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी भएका छन् । संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै डांगी निर्वाचित भएका हुन् । ३ हजार दुई सय २६ मत खसेकामा डांगीले एक हजार दुई सय २२ मत प्राप्त गरी विजयी हुंदा निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार केसीले एक हजार एक सय १७ मत प्राप्त गरेका छन् । गत निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद
More

अस्पतालमा मृत्यु भएकी आमालाई घर फर्काउँदा बाटोमा एम्बुलेन्स दुर्घटना, ६ जनाकाे मृत्यु

काठमाडौं। विमारी बोकेका एम्बुलेन्सलाई ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ। आइतार राति १२ : २० बजे विरानगरबाट बिमारी लिएर उदयपुर फर्किँदै गरेको एम्बुलेन्सलाई ट्रकले सुनसरीको हरिपुरमा ठक्कर दिँदा सात जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार बिराटनगरमा उपचारको क्रममा उदयपुर त्रिगुया नगरपालिकाकी ८५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि मृतक राईको अन्तिम संस्कार गर्न परिवारका सदस्यले घर लिएर आउँदै थिए। घर फर्किने क्रममा सुनसरीको हरिपुर भन्ने ठाउँमा ट्रकले ठक्कर दिँदा एम्बुलेन्समा रहेका मृतक शिवमाया राई सहित सात जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा एम्बुलेन्स चालक त्रियुवा नगरपालिकाका राजेश दनुवार, सोही ठाउँमा दुर्गाधर राई (३४), टेकेन्द्र राई (२८), तुलबहादुर राई (५०),
More

चितवनको खैरहनी ४ मा पनि नेपाली काँग्रेस विजयी

काठमाडौँ । चितवनको खैरहनी नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन्। काँग्रेसका उम्मेद्वार देव बहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेद बहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका हुन्। यसअघि पनि उक्त वडामा काँग्रेसका उम्मेदवार नै विजयी भएका थिए । खैरहनी–५ मा भएको उपनिर्वाचनमा पनि नेपाली काँग्रेसकी उम्मेद्वार प्रतिमा कार्की विजयी भएकी छिन् । डिसी नेपाल
More

भक्तपुरमा नेकपाले बढायो मत

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ। तर यसअघिको सार्बजनिक मतको तुलनामा नेकपामा उम्मेद्वारले काँग्रेसँगको मतान्तर घटाएका छन् । आइतबार बिहान ८ बजेसम्मको मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलभन्दा नेकपाका उम्मेद्वार देवीप्रसाद ढकाल २ हजार ४३६ मतले पछाडि छन् । यसअघि ढकाल काँग्रेसका उम्मेद्वार भँडेलभन्दा ३ हजार १ सय ७० मतले पछि थिए । काँग्रेसका भँडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन् भने नेकपाका देवीप्रसाद ढकालले ७ हजार ९५९ मत प्राप्त गरेका छन्। त्यसैगरी नेमकिपाका उम्मेद्वार निरज लवजूले २ हजार २४७ मत प्राप्त गरेका छन्। यसअघि कांग्रेसका भँडेलले ८ हजार
More