१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाल प्रवर्द्धन गर्न लागिरहने छु: भण्डारी

नेपालब्रिटेन डट कम्
६ माघ २०७३, बिहीबार १२:५४

लन्डन । ब्रिटेनकालागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसंपर्क प्रतिनिधि पशुपति भण्डारीले ब्रिटेनमा नेपाल प्रवर्द्धन गर्न आफु लागिरहने बताउनुभएको छ।
बुधबार लण्डनस्थित एभरेष्ट इन रेष्टुरेण्टमा आयोजित एक पत्रकार सम्मेलन तथा अन्तरकृयामा बोल्दै भण्डारीले नेपाल जाने पर्यटकहरुमध्ये ब्रिटिश पर्यटकहरु चौथो स्थानमा रहेकेा बताउनुभयो। उहाँले भूकम्प पछि मानिसहरुमा केही आशंका रहेता पनि अहिले नेपाल एउटा सुरक्षित गन्तव्य रहेकेा भन्ने सन्देश फैलाउन आफुले काम गरिरहेकेा बताउनुभयो।
नेपाल पर्यटन बोर्डले सन् २०१७ लाई ‘भिजिट नेपाल युरोप’ को रुपमा मनाउन लागेको बताउँदै यससंबन्धी औपचारिक घोषणा आउँदो मार्च महिनामा लण्डनस्थित नेपाली दूतावासमा एक कार्यक्रममा गरिने जानकारी पनि दिनुभयो।

नेपाल पर्यटन बोर्डले आफुलाई मानार्थ प्रतिनिधि नियुक्त गरेपछिका ११ महिनामा आफुले गरेका कामहरुबारे जानकारी दिंदै भण्डारीले ब्रिटिश स्काउटहरुलाई नेपाल भ्रमण गर्न सघाउने देखि ब्रिटेनका विभिन्न मेला तथा महोत्सवहरुमा नेपाली खाना र संस्कृतिको प्रबर्द्धन गर्न आफु लागिपरेको बताउनुभयो। सन् २०१७ मा पनि पर्यटन बोर्डको सहयोगमा लण्डन अन्डरग्राउण्ड, सिटिु बसहरुमा नेपालबारे जानकारी राख्ना आफुले पहल गर्ने बताउँदै उहाँले बुद्ध जयन्ती, एभरेष्ट डे, नेपाली नयाँ वर्ष जस्ता कार्यक्रमहरु सामूहिकरुपमा मनाएर नेपाललाई माया गर्ने ब्रिटिश मित्रहरुलाई पनि सहभागी गराउन उहाँले आग्रह गर्नुभयो।

अहिलेसम्म नेपाल सरकार वा नेपाल पर्यटन बोर्डको एक पैसा पनि नलिएर आफ्नै व्यक्तिगत प्रयासमा नेपाललाई प्रबर्द्धन गर्न आफुले काम गरिरहेको पनि उहाश्रले जानकारी दिनुभयो।
सोही अवसरमा बोल्दै नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मणिराज लामिछानेले नेपाल सुरक्षित रहेकेा र पर्यटकहरुलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो। उहाँले एकजना पर्यटकले १०/११ जनालाई रोजगारी दिने गरेको बताउँदै पर्यटन प्रबर्द्धन गर्न विदेशमा बसेका सबै नेपालीहरुले आआफ्नो ठाउँबाट योगदान दिन आग्रह गर्नुभयो। नेपालमा आन्तरिक पर्यटनलाई बढावा दिन सन् २०१७ लाई घुमफिर वर्ष घोषणा गरेको बताउँदै बेलायतमा बसीरहेका नेपालीहरुलाई नेपालका विभिन्न मनमोहक स्थानहरुको भ्रमण गर्नपनि आमन्त्रण गर्नुभयो।

लण्डनस्थित नेपाली राजदूतावासका अट्याची तेजेन्द्र रेग्मीले यो वर्ष १ जनवरी देखि राजदूतावासले बेलायती पर्यटकहरुलाई सोही दिन भीसा दिने व्यवस्था मिलाइएको बताउनुभयो। उहाँले पर्यटन प्रबर्द्धनमा सघाउन सबैलाई अनुरोध पनि गर्नुभयो।
गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले हालै आयरल्याण्डमा नेपाल पुगेर फर्केका आइरिश पर्यटकहरुले खिंचेका फोटोहरुको प्रदर्शनी आयोजना गरिएको स्मरण गर्दै बेलायतमा पनि त्यस्तै कार्यक्रमहरुको आयोजना गर्न सुझाव दिनुभयो।
गैरआवासीय नेपाली संघ आइसिसिका सल्लाहकार मेजर (रिटायर्ड) डमर घलेले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक मैत्री बनाउन सुझाव दिनुभयो। उहाँले पर्यटकहरु फेरि नेपाल फर्केर आउनु वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने पनि बताउनुभयो।
गैरआवासीय नेपाली संघ आइसिसिका सल्लाहकार विश्वआदर्श पण्डितले देश बनाउने हो भने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै पर्यटकहरु हाम्रालागि महत्वपूर्ण छन् भन्नेकुरा विद्यार्थीहरुलाई बुझाउन शिक्षकहरुलाई परिचालन गर्न सुझाव दिनुभयो।
बैङ्किङ क्षेत्रका एकजना परामर्शदाता बोज बरालले लायन्स, रोटरी क्लबजस्ता संस्थाका सदस्यहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्न, सामाजिक सन्जालको बढी प्रयोग गर्न र नेपालका लागि दुई देखि चार, पाँचहप्तासम्मको ‘प्याकेज टुर’ बनाउन पनि सुझाव दिनुभयो।

एनआरएन युके आइसिसि सदस्य संगीता मरहट्टाले सन्चालन गर्नुभएको सो कार्यक्रममा एनआरएन युकेका संरक्षक सूर्य गुरुङ, ब्रिटेन नेपाल च्याम्बरका अध्यक्ष राजन कँडेल, एबिआइ कलेजका प्रमुख कारयकारी कृष्ण भट्ट, तमु समाज युकेका सल्लाहकार सुवाससिं गुरुङ, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, नेपाल ब्रिटेन डटकमका अध्यक्ष तथा समाजसेवी चिरन्जीवी ढकाल तथा विभिन्न सन्चारमाध्यमका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो।

फोटो — बिरेन्द्र श्रेष्ठ
1

15965351_1332464043479710_5395066328859802182_n

16003192_1332463726813075_7873739504075447377_n

16003206_1332463360146445_1067305752463265598_n

16142406_1332465376812910_5374414563097909876_n

16143169_1332463010146480_6027626353709283990_n