१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारद्वारा किसान आयोग गठन

नेपालब्रिटेन डट कम्
६ माघ २०७३, बिहीबार १३:५७

काठमाडौं । सरकारले किसान आयोग गठन गरेको छ । अघिल्लो आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार आज बसेको मन्त्रिपरिषद बैठकले आयोग गठनको निर्णय गरेको हो । कृषि उपजको बजार व्यवस्थापन, प्रशोधन कारखाना, कृषि उत्पादन वृद्धिका लागि अनुसन्धान केन्द्र, कृषि शिक्षालयलगायत काम गर्ने भनिएको आयोगका पदाधिकारी भने तोकिएको छैन् । मन्त्रिपरिषद बैठकले विश्व बैंकले दिने भनेको १६ अर्ब ३८ करोड रुपैयाँ ऋण सहायता स्वीकृत गरेको छ । उक्त रकम सामाजिक तथा व्यक्तिगत घटना दर्ता प्रक्रिया सुदृढ पार्न खर्च गरिने बताइएको छ ।
बैठकले मंसिरबाट कार्यकाल सकिएका सुरेशकुमार कार्कीलाई पुनः चार बर्षका लागि रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने, नेपाल दुरसञ्चामर प्रधिकरणमा रिक्त दुई पदाधिकारी पदपूर्तिका लागि सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने र २०७१ सालमा बाढी पहिरोले क्षति पुरु¥याएको बाँके, बर्दियालगायत जिल्लाका पीडितलाई अनुदान वितरण कार्यबिधि स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, हत्या गरिएका काभ्रेका अजित मिजार र लक्ष्मी परियारका परिवारलाई आर्थिक सहायता दिने विषयमा सुझाव दिन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीको नेतृत्वमा समिति गठन गरिएको छ ।