७ बैशाख २०८१, शुक्रबार
Follow Us

यम बुद्धको शव नेपाल लैजान लन्डन दूतावासद्धारा ट्राभल डकुमेन्ट जारी

नेपालब्रिटेन डट कम्
६ माघ २०७३, बिहीबार १८:४८

लन्डन— गत शनिबार लन्डनस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएका चर्चित र्यािपर अनिल अधिकारी (यम बुद्ध) को पोष्टमार्टम रिपोर्ट बिहीबार परिवारले प्राप्त गरे पछि नेपाल पठाउने कानुनी प्रक्रिया सुरु गरेको छ । यस्तैक्रममा नेपाली दूतावास लन्डनले बुद्धको शव नेपाल लैजान आवश्यक ट्राभल डकुमेन्ट ( रिप्याट्रीयसन लेटर) उनको परिवारलाई दिएको छ । नेपाली दूतावास लन्डन प्रबक्ता शरदराज आरणका अनुसार शव नेपाल लैजान आवश्यक डकुमेन्ट बनाउन बुद्धकी श्रीमति अस्मिता अधिकारी विहीवार दिउँसो नेपाली दूतावास लन्डन पुगेकी थिइन् ।

दूतावासले बुद्धको शव उनकी श्रीमतिसंगै लिएर जान मिल्ले गरि डकुमेन्ट तयार गरिदिएको जनाएको छ ।

परिवारले चिकित्सकीय रिपोर्ट प्राप्त गरेसँगै शव नेपाल पठाउने थप कानुनी प्रक्रिया सकिए पछि मात्र नेपाल शव पठाउने तयारी गरेका छन् । यसअघि आजै परिवारहरुले पोष्टमार्टमको रिपोर्ट प्राप्त गरेका थिए । पोष्टमार्टम रिपोर्टमा उनको अन्तिम मानसिक स्थिति सन्तुलित देखिएको छ भने लागू औषध सेवन गरेको कुनै तथ्य फेला परेको छैन। हल्का मादक पदार्थ सेवन गरेको देखिएको रिपोर्टले औंल्याएको छ।

पोष्टमार्टम रिपोर्टमा उनको अन्तिम मानसिक स्थिति सन्तुलित देखिएको छ भने लागू औषध सेवन गरेको कुनै तथ्य फेला परेको छैन। हल्का मादक पदार्थ सेवन गरेको देखिएको रिपोर्टले औंल्याएको छ।

लन्डनस्थित नर्थवीक पार्क हस्पिटलले शवको पोस्टमार्टम गरेको हो। पोष्टमार्टम रिपोर्ट आएसँगै शवलाई नेपाल लैजान परिवारले प्रक्रिया थालेको हो। शव नेपाल लैजान ट्राभल डकुमेन्ट बनाउने काम भइरहेको छ।

गत शनिबार बिहान लन्डनस्थित आफ्नै निवासको बाथरुममा २९ वर्षे चर्चित गायकको शव झुण्डिएको अवस्थामा भेटिएको थियो। लन्डनस्थित प्रहरी प्रवक्ताले घटना ‘गैरशंकास्पद’ भएको उल्लेख गरेका थिए।

युवा अवस्थामै भएको मृत्यु खबरले उनका लाखौं प्रशंसक स्तब्ध भएका थिए।