८ बैशाख २०८१, शनिबार
Follow Us

जुट मिलको छत खसेपछि मेसिन पुरिए

नेपालब्रिटेन डट कम्
७ माघ २०७३, शुक्रबार ०६:४३

विराटनगर । ऐतिहासिक विराटनगर जुट मिलको भवन भत्कन थालेको छ । पछिल्लो पटक जुट मिलको मेकानिकल बिमिङ कक्षको छत नै खसेको हो । २० मिटर छत खसेर उद्योगका महत्वपूर्ण मेसिन पुरिएका छन् । जुट मिल सञ्चालक समितिका निर्देशक राजेन्द्र कार्कीका अनुसार मिलको पश्चिमतर्फको भवनको छत खसेको हो । मिलको भवन भत्कन थालेपछि मेसिन तथा उपकरण जोगाउन कठिन भएको छ । केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले मिलको अनुगमन गरेपनि सुधारका लागि चासो नदेखाएको सञ्चालक समितिले जनाएको छ । भारतको विनसम इन्टरनेशनल लिमिटेडले २५ वर्षसम्म उद्योग चलाउनका लागि सम्झौता गरेपनि उसले विभिन्न कारण देखाउँदै काम सुरु गरेको छैन ।