७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन उपाध्यक्ष पन्तको सम्मानमा अमेरिकामा रिसेप्सन्

नेपालब्रिटेन डट कम्
७ माघ २०७३, शुक्रबार ०७:५४

न्यूयोर्क । गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तको सम्मानमा न्यूयोर्कमा बिषेश रिसेप्सनको आयोजना गरियो । विहीवार यहाँ आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रिय संयोजक सोनाम लामाले पन्तलाई स्वागत गरे ।

कार्यक्रममा बोल्दै लामाले गैरआवासीय नेपाली संघलाई छाता संगठनको रुप अगाडि बढाउन आग्रह गरे । उनले एनआरएन अमेरिकाको सदस्यता विस्तारका लागि अग्रसर हुन अपिल गरे । कार्यक्रममा सहभागीहरुले गैरआवासीय नेपाली संघको अभियानका वारेमा बिभिन्न सुझाव तथा सल्लाहा दिएका थिए ।
16114615_1297129376976338_4441483529955179439_n
१ दजर्न भन्दा बढि संघसँस्थाका प्रतिनिधीहरुको उपस्थितमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पन्तले नेपालको पुनःस्थापना, लगानी र संघको अभियानका बारेमा बिचार ब्यक्त गरे ।