८ बैशाख २०८१, शनिबार
Follow Us

यमबुद्धको निधन बारे वास्तविकता सार्वजनिक गछौं — परिवार

नेपालब्रिटेन डट कम्
७ माघ २०७३, शुक्रबार ०९:४७

लन्डन । शनिवार निधन भएका चर्चित र्यापर अनिल अधिकारी (यम बुद्ध) को परिवारले घट्नाका बारेमा वास्तविकता सार्वजनिक गर्ने भएको छ । यम बुद्धका आफन्त तथा कलाकार रेश मरहठ्ठाका अनुसार मेडिकल रिपोर्ट पाए पनि परिवारले प्रहरी रिपोर्ट प्रतीक्षा गरिरहेको छ। मेडिकल रिपोर्टले शारीरिक अवस्था खुलाउने हो भने प्रहरीले कारण बताउँछ । अहिलेसम्म हामीले मेडिकल रिपोर्ट मात्र पाएका छौं । उनले भने त्यसपछि मात्र मृत्युको कारण बाहिर आउनेछ । घटनालाई लिएर सामाजिक सञ्जाल तथा मिडियाहरुमा आइरहेका आधारहीन समाचारले परिवारलाई दुःखमाथि दुःख थपिदिएको उनले गुनासो गरे।

यम बुद्ध हाम्रो समयका एक जना आइकोन हुन्। त्यसैले जनचासो हुनु स्वभाविक हो उनले भने, तर यो भन्दैमा तथ्य र आधारबिना जथाभावी लेखिदिनु भएन। प्रहरी रिपोर्ट पाउना साथ हामी वास्तविकता सार्वजनिक गर्नेछौं ।

मेडिकल रिपोर्टले झुन्डिएका मृत्यु भएको, हल्का मदिरा सेवन गरेको र मृत्युका बखत मानसिक सन्तुलन सामान्य रहेको देखाएको थियो।