८ बैशाख २०८१, शनिबार
Follow Us

स्वामी अर्हतले फार्नबरोमा ध्यान शिविर सन्चालन गर्नुहुने

नेपालब्रिटेन डट कम्
७ माघ २०७३, शुक्रबार १०:४१

काठमाडौंस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत लण्डन आइपुग्नुभएको छ। उहाँले यही जनवरी २२ तारिख आइतबारका दिन फार्नबरो टाउन सेन्टरस्थित म्युदोन एभेन्युमा एक दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुने आयोजक संस्थाले जनाएको छ।
गोर्खाप्रेन्युअर नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रममा स्वामी अर्हतले तनावमुक्त जीवन कसरी जीउने भन्ने विषयमा प्रवचन दिनुहुनेछ। उहाँले विभिन्न ध्यान विधिहरु सिकाउँदै सबै पेशा र उमेर समूहका मानिसहरुलाई सुखी र खुसी जीवन जीउनुका साथै आफुले गरिरहेको कामबाट अरु बढी प्रतिफल कसरी पाउने भन्ने बारे पनि चर्चा गर्नुहुनेछ।
स्वामी अर्हतले फार्नबरो बाहेक लण्डन, डार्टफोर्ट र अबरदीनमा पनि ध्यान शिविर तथा सत्संग कार्यक्रमहरु सन्चालन गर्नुहुने आयोजक संस्थाले जनाएको छ ।
बढी भन्दा बढी मानिसहरुलाई सशक्तिकरण गर्ने उद्देश्यले आयोजक गोर्खाप्रेन्युअर संस्थाले नेपालमा नो पोभर्टी भन्ने अभियान शुरु गरेको छ।
आगोमा हिंडन सिकाउने मास्टर फायर वाकिङ प्रशिक्षक तथा एक्स्ट्रीम एम्पावरमेन्ट कोच कृष्ण गुरुङले स्थापना गर्नुभएको गोर्खाप्रेन्युअर संस्थाले बेलायतमा पनि व्यक्तित्व विकाससंबन्धी प्रशिक्षणहरु सन्चालन गर्दै आएको छ। थप जानकारीकालागि श्री कृष्ण गुरुङलाई 07825660594 मा सम्पर्क गर्न सकिनेछ।