१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन जाम्बियाद्वारा राजदुत स्वागत राईको सम्मान

नेपालब्रिटेन डट कम्
७ माघ २०७३, शुक्रबार १३:३८

लुसाका, जाम्बिया । गैर आबासिय नेपाली संघ जाम्बियाले ,जाम्बियाको लुसाकामा दक्षिण अफ्रिका र जाम्बिया गरि सात अफ्रिकन राष्ट्रहरुका लागि नेपालका राजदुत अमृत बहादुर राईको सम्मानमा स्वागत तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै राजदुत राईले नेपाल बहिर बस्ने सबै नेपाली देशका वास्तविक दुत भएकाले ,सबै एनआरएनहरुले नेपालको आर्थिक र सामाजिक बिकासमा सलङन हुन अनुरोध गर्नु भयो ।नेपाल सरकार ,राजदुतावश र आफु यस क्षेत्रमा रहेका नेपालीहरुको सुख दु:खमा सलङन हुन चाहेको र यहाँहरुलाई नेपालको बिकास अभियानमा सँगै लग्न चाहेको बताउनु भयो ।
संघका जाम्बिया अध्यक्ष बिदुर खनालले राजादुत राईलाई धन्यवाद दिदै ,जम्बियामा रहेका नेपालीहरु नेपालमा लगानी र बिकास अभियानमा सहभागि हुन चाहेको र त्यसका लागी दूतावासले समन्वय गर्न अनुरोध गर्नु भयो ।
उहाले एनआरएन कार्डमा सहजिकरण र यस क्षेत्रका नेपालीहरुको अनलाइन रेकर्ड राजदुतावशले राख्नु पर्ने बताउनु भयो ।उहाले अगाडि भन्नु भयो विश्वकै आश्चर्य भिक्टोरिया फल्स रहेको जाम्बिया र हिमालहरुको सुन्दर देश नेपाल बिच पर्यटकको अनुभव आदानप्रदान र पर्यटन बिकासमा साझेदारी हुन सक्ने बताउनु भयो ।