११ बैशाख २०८१, मंगलवार
Follow Us

दुई देश बीचको पारस्परिक सम्बन्ध नयाँ उचाइमा – लर्ड मेयर डा. एन्ड्रयु पार्म

नेपालब्रिटेन डट कम्
७ माघ २०७३, शुक्रबार १८:२०

लन्डन । सिटी अफ लन्डनका मेयर लर्ड डा एन्ड्रयु पार्मले आफ्नो नेपाल भ्रमणले नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुग्ने बताएका छन् । नेपालको चारदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाण्डौं जान लागेका पार्मले शुक्रवार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । नेपाल हुदैं पाकिस्थानको समेत भ्रमणको तयारीमा रहेका पार्मले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै जाने बचन दिए । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएका सन्दर्भमा लर्ड मेयरको भ्रमणले पारस्परिक आत्मीयता अभिवृद्धिमा थप योगदान पुग्ने नेपाल सरकारले दावी गरेको छ । पत्रकार सम्मेलनमा उनले बेलायत सरकारको सहयोगमा सञ्चालित विकासका केही परियोजना तथा भूकम्पपछिको पुनःनिर्माण बारे अवलोकन गर्ने जानकारी दिए ।
बेलायतमा मन्त्रिस्तरको पद सम्हाल्ी सकेका उनले अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति सञ्चालनको प्रमुख व्यक्तित्व मानिन्छन् । पत्रकार सम्मेलनमा बेलायतस्थित नेपाली पत्रकार तथा पाकिस्थानी पत्रकारहरुको समेत उपस्थिती थियो । उनी आठ सय ६९ औँ लर्ड मेयर अफ द सिटी अफ लन्डन हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लर्ड मेयरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । उनले उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग पनि उनले बेग्लाबेग्लै भेटवार्ता गर्ने छन् । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि भेट तय गरिएको छ ।
पत्रकार सम्मेलनमा कान्तिपुर दैनिकका नविन पोखरेल, नेपाली टिभी यूकेका बिजय थापा, बिरेन्द्र श्रेष्ठ, नेपालीपत्रका ध्रुब अर्याल, एभ्रेष्ट गौतम, सिद्धार्थबिक्रम क्षेत्रि, विकल आचार्य लगायतको उपस्थिती थियो ।
फोटो — बिरेन्द्र श्रेष्ठ

16105706_1333882400004541_3033682777832138541_n

16106000_1333883913337723_5562417746231286584_n

16114226_1333883076671140_7483943069040481082_n

16114690_1333883413337773_1846202537781068032_n