१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा ७२ हजार ८ सय यौनकर्मी

नेपालब्रिटेन डट कम्
९ माघ २०७३, आईतवार १३:४४

लन्डन । बेलायतमा ठूलो संख्यामा आमा बनिसकेका यौनकर्मी रहेको खुलासा भएको छ । यी आमा बनिसकेका यौनकर्मीहरु आफ्ना बच्चाका अगाडि कसरी शरीर बेचिरहेका छन्, यो सोचनीय विषय बनेको छ ?
इग्ल्यान्डको एसेक्सकी ४२ वर्षीया सेरी भन्छिन्, ‘निश्चित रुपमा मलाई यस्तो पेशा अपनाउन लाज लाग्दैन । यो पेसामा सम्मान पाइँदैन, रिस चाहिँ उठ्छ । सेरी विगत दुई दशकदेखि पुरुषलाई यौन बेचिरहेकी छन् । उनी कोठी र एस्कार्ट एजेन्सीसँग काम गर्छिन् । उनको १२ वर्षको छोरा पनि छ भनेको सुन्दा केही पुरुषलाई अप्ठ्यारो लाग्दो रहेछ ।
सेरीको दोहोरो जिन्दगी नियोजित छ । उनले आफ्नो छोरालाई थिएटरको रिसेप्सनिष्ट हुँ भनेर ढाँटेकी छन् । काममा कुनै अवरोध नआओस् भनेर उनले छोरालाई विभिन्न वाहना बनाएर ढाँटेकी छन् । सेरीले भनिन, मलाई थाहा, मेरो छोराले यी कुरा थाहा पायो भने मविरुद्ध खनिनेछ ।
यौन व्यवसाय गर्ने सेरी एक्ली पात्र होइन, बेलायतमा ७२ हजार ८ सय यौनकर्मी रहेको अनुमान गरिएको छ । यसमा अधिकांश महिला छन् । यी महिलाहरुमध्ये पनि आमा भइसकेकाको जमात ठूलो छ । महिलालाई सहयोग गर्ने संस्था ग्रुप इग्लिस कलेक्टिव अफ प्रोस्टिटयुटस (इसीपी) ले भनेको छ, बहुसंख्यक यौनककर्मी आमा बनिसकेका छन् ।
पैसाका लागि उनीहरुले यौन बेचेका हुन भन्ने कुरामा सन्देह छैन । सेरीले पनि इसीपीाट सहयोग पाइन । जब उनी २० वर्षकी थिइन्, उनी लन्डनको एउटा कोठीमा काम गर्न सुरु गरिन् ।
सेरीले अफिसमा काम गरेर थोरै पैसा कमाउँथिन । त्यसैले उनी यौनकर्मी बनिन् । सेक्रेटरीका रुपमा सेरीले मासिक १५ हजार पाउन्ड कमाउँथिइन । तर यौन व्यवसायबाट त्योभन्दा बढी आम्दानी हुन्थ्यो । उनको कमाइ रातको सय पाउन्ड हुन्थ्यो । जब छोरा जन्मियो, त्यसपछि उनी एस्कार्ट सर्भिसमा काम गर्न थालिन् । सेरीका अनुसार यौन पेसामा जोखिम पनि त्यत्तिकै हुन्छ । उनले धेरै पटक ग्राहकको आक्रमण पनि सहनु परेको थियो । उनी भन्छिन्, नियमित ग्राहक छन् ।
एउटा अनुमानअनुसार यूकेमा सन् १९९० देखि २०१५ को बीचमा १ सय ५२ यौनकर्मीको हत्या भइसकेको छ । आफूमाथि भएको दुव्र्यवहारबारे यौनकर्मीहरु प्रहरीमा जान सक्दैनन् । सेरीका लागि कमाइ अहम छ ।