१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निर्वाचनसम्वन्धी विधेयक आजै संसदमा प्रस्तुत गरिने

नेपालब्रिटेन डट कम्
१० माघ २०७३, सोमबार ०५:५२

काठमाडौं । संसदको राज्य ब्यवस्था समितिले आज निर्वाचनसँग सम्बन्धित विभिन्न तीन वटा विधेयकमाथि अन्तिम छलफल गर्दैछ । स्थानीय निर्वाचनका लागि समय कम भएको गुनासो निर्वाचन आयोगले गरेपछि समितिले विधयेकलाई अन्तिम रुप दिन लागेको हो । निर्वाचन आयोगको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक, मतदाता नामावलीसम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी विधेयकलाई आजको बैठकले अनुमोदन गर्ने राज्य ब्यवस्था समितिको कार्यतालिका छ । तीनवटै विधयेकमा प्रमुख दलहरुबीच सहमति हुन नसक्दा लामो समयदेखि समितिमा थन्किएका छन् । कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना संयोजकत्वको ११ सदस्यीय उपसमितिले तयार पारेको प्रतिवेदन र अध्ययनलाई आधार मानेर समितिले तीनवटा विधयेक पास गरेर संसद बैठकमा पठाउने तयारी गरेको छ । आजको वैठकमा निर्वाचनसम्बन्धी विधेयक र निर्वाचन कसूर तथा सजाय विधेयकमाथि पनि छलफल शुरु गर्ने कार्यसूचि छ । सरकारले आगामी बैशाखमा स्थानीय तहको निर्वाचनको तयारी गरेको छ । निर्वाचन आयोगले आवश्यक कानुन निर्माणपछि निर्वाचन गर्न १ सय २० दिन तयारीका लागि लाग्ने भनेपछि संसदले कानूनलाई अन्तिम रुप दिन लागेको हो ।