१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सहारा एकेडेमीको अक्षयकोषमा आठ लाख ७६ हजार थप

नेपालब्रिटेन डट कम्
१० माघ २०७३, सोमबार ०९:५६

पोखरा । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित ‘सहारा क्लब’ पोखराले एकेडेमी दिगो रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ सुरु गरेको अक्षयकोषमा रु आठ लाख ७६ हजार थप भएको छ । रु दुई करोड पु-याउने मुख्य लक्ष्यका साथ सुरु गरिएको सो कोषमा सहारा क्लब बुद्धिस कमिटी सेन्टर युकेद्वारा रु पाँच लाख २५ हजार र सहारा अस्ट्रेलियाबाट रु तीन लाख ५१ हाजर प्राप्त भएको हो ।
सहारा क्लब पोखराद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा सहारा युकेका अध्यक्ष मीनबहादुर गुरुङ र सहारा अस्टे«लियाका अध्यक्ष राजमान थकालीले सामूहिक रुपमा क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा सहारा युकेका अध्यक्ष मीनबहादुर गुरुङले खेलकुदको माध्यमबाट क्लबले कठिन परिस्थितिका बालकको शारीरिक एवम् मानसिक विकासका लागि एकेडेमी सञ्चालन गर्नु प्रशंसनीय भएको बताउनुभयो । सहारा अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीले क्लबले एकेडेमी सञ्चालन गर्दै सामाजिक सेवाका क्षेत्रमा गरेको योगदान सबैका लागि अनुकरणीय भएको बताउनुभयो ।
क्लबका अध्यक्ष वीरभद्र आचार्यले देश विदेशमा रहेका सहयोगी मनका कारण नै एकेडेमी सञ्चालन गर्न सकिएको बताउँदै दीर्घकालीन व्यवस्थापनका लागि अक्षयकोष सुरु गरिएको बताउनुभयो । कार्यक्रममा सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङ, क्लबका उपाध्यक्ष केशवबहादुर थापा, महासचिव केशव बराल, कुशाङ्क गुरुङलगायतले सहारा क्लबले सुरु गरेको अक्षयकोषबाट एकेडेमीको सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सोही कार्यक्रमा आहा रारा गोल्डकपका लागि द्वितीय पुरस्कारको प्रायोजन गरेका सहारा अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीले रु दुई लाख ५१ हजारको चेक पनि हस्तान्तरण गर्नुभएको थियो ।