१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अर्बपति विनोद चौधरीसंग बेलायतमा अन्तरक्रिया हुने

नेपालब्रिटेन डट कम्
१० माघ २०७३, सोमबार १०:५५

लन्डन । नेपालका अर्बपति विनोद चौधरीसंग गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अन्तरक्रिया गर्ने भएको छ । एनआरएनए यूकेका अनुसार चौधरीसंग अगामी १९ फेब्रोवरी आइतवारका दिन लन्डनस्थित भेन्यूफाइभ रेष्टुरेन्टमा सो कार्यक्रमको आयोजना गरिन लागिएको हो । चौधरी व्यक्तिगत कामका लागि बेलायत आउन लागेका हुन् ।

कार्यक्रमलाई सफल बनाउन एनआरएन यूकेका संस्थापक कृष्ण भट्ट, महासचिव विजय लिम्बु र एनआरएनए यूरोप संयोजक कुल आचार्य समेत रहेको संयोजन समिति गठन गरिएको छ । कार्यक्रमा चौधरीको बहुचर्चित अंग्रेजी भाषामा प्रकाशित आत्मकथाको बिमोचन समेत गरिने छ ।

दुई वर्षअघि नेपाली भाषामा प्रकाशन भएदेखि प्रमुख पुस्तक पसलहरुमा सर्वाधिक विक्रीको सूचीमै कायम रहेको यो पुस्तकको अंग्रेजीे संस्करण हालै सार्वजनिक गरिएको हो । किताबमा उनका पछिल्ला व्यावसायिक विस्तार र उपलब्धिका बेलिबिस्तार वर्णन गरेको छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनका धर्मपुत्र जीतबहादुरलाई उनको परिवारसँग भेट गराउनका निम्ति चौधरीले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद समेत दिएको प्रसंग अंग्रेजी संस्करणमा सविस्तार वर्णन गरिएको छ ।

बेलायतस्थित युवा व्यवसायीहरुको बिशेष उपस्थित रहने सो कार्यक्रममा उपस्थिती भैदिनुहुन एनआरएनए यूकेले आव्हान गरेको छ । 17700397