१२ बैशाख २०८१, बुधबार
Follow Us

बौद्धिक अपांगलाई एनआरएनको १३ लाख सहयोग

नेपालब्रिटेन डट कम्
१० माघ २०७३, सोमबार ११:५८

लन्डन । डेनमार्कको कोपन हेगनमा गत जुलाईमा आयोजना भएको ९औं युरोपियन क्षेत्रीय बैठकमा बौद्धिक अपांगता भएका विद्यार्थीहरुको सहज र भरपर्दो यातायातका लागि गाडि खरिद गर्नका लागि प्रतिबद्धता जनाएको रकम संकलन गरि सम्बन्धीत संस्थालाई हस्तान्तरण गरिएको छ ।
हेटौडेली परिवार गैरसरकारी संस्थालाई अपुग भएको १३ लाख रुपैंया गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले हालै हस्तान्तरण गरेका हुन् ।
सो परियोजनका लागि अध्यक्ष घलेले ६ लाख, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ६ लाख, उपाध्यक्षद्धय भवन भट्ट, कुमार पन्त, यूरोप संयोजक कुल आचार्य, क्षेत्र कुमार श्रेष्ठ र एनआरएन इटालीले एक एक लाख रुपैयाँ सहयोग गरेका थिए ।
उक्त रकम आज एक औपचारिक कार्यक्रम बीच हेटौडेली परिवार गैरसरकारी संस्थाका सल्लाहकार स्पेन निवासी आईना वारसालाई हस्तान्तर गरिएको हो ।

प्रतिबद्धता गरिएको रकम हस्तान्तरण गर्न पाउंदा खुशी लागेको बताउंदै वारसाले बालबालिकाहरुको उज्ज्वल भविष्यको कामना गरिन् । यसरी नै हेटौडेली परिवार गैर सरकारी संस्थाका सल्लाहकार स्पेन निवासी आईना वारसाले रकम सहयोग गर्नु भएकोमा अध्यक्ष, सहयोगकर्ता लगायत गैरआवासीय नेपाली संघ प्रति आभार प्रकट गर्दै प्राप्त सहयोगबाट संस्थालाई यातायात क्षेत्रमा ठूलो राहत भएको जानकारी गराइन् ।