८ बैशाख २०८१, शनिबार
Follow Us

‘बाह्य हस्तक्षेप बढ्दो’

नेपालब्रिटेन डट कम्
१० माघ २०७३, सोमबार १३:५१

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तीन ठूला दलले जनताका पक्षमा काम गर्न नसकेको बताउनुभएको छ ।

पार्टीको ४३ औँ स्थापना दिवसका अवसरमा आज स्थानीय दत्तात्रयमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म सत्तामा जाने सबै दल विदेशीकै इसारामा चलेकाले जनताका पक्षमा काम गर्न गर्न नसकेको टिप्पणी गर्नुभयो ।

नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिबाट हस्तक्षेप हुँदै आएको बताउँदै सांसद बिजुक्छेले यसले नेपालको सार्वभौमिकतामाथि खतरापूर्ण स्थिति ल्याउने चेतावनी दिनुभयो ।
सो अवसरमा सांसद एवम् नेमकिपाका विदेश विभाग प्रमुख प्रेम सुवाल, सांसद एवम् नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापा मगर, नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठलगायतले देशलाई जोगाउन युवाहरु अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।