१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा राप्रपा प्रवेश गर्नेको लहरो

नेपालब्रिटेन डट कम्
११ माघ २०७३, मंगलवार १८:००

लन्डन– बेलायतमा दुई दर्जन बढी युवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राप्रपा प्रवेश गरेका छन् ।

जनवरी २३ तारिख सोमबार अल्डरसटस्थित निरमाया रोधीघरमा आयोजित एक कार्यक्रममा पार्टीका नेता तथा पूर्वमन्त्री रेशम लामाले नवप्रवेशीहरुलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका ३० जनाभन्दा बढी युवा राप्रपामा औपचारिकरुपमा प्रवेश गरेका हुन् । राप्रपा निकट प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष रोशन सापकोटाले राष्ट्रिय हितमा पार्टीले उठाएका मुद्धाप्रति समर्थन जनाउँदै राप्रपा प्रवेश गर्नेहरुको अब लहर चलेको बताए ।

समाजका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष विष्णु गुरुङले गरेका थिए ।

सहमहामन्त्री अनिल मल्लले संयोजन गरेको कार्यक्रमका लागि भेन्यू निरमाया रोधीघरका सञ्चालक गणेश गुरुङले उपलब्ध गराएका थिए । कार्यक्रममा स्थानीय समाजसेवी नन्दकुमारी गुरुङ, तमु धि यूके यूके नेपाल फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेससहित विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत पनि उपस्थित थिए ।