१२ बैशाख २०८१, बुधबार
Follow Us

मुर्धन्य गायक तथा संगीतकार पन्नाकाजी शाक्यको निधन

नेपालब्रिटेन डट कम्
१२ माघ २०७३, बुधबार ०६:४१

काठमाडौं । मुर्धन्य गायक तथा संगीतकार पन्नाकाजी शाक्यको निधन भएको छ । पचासी बर्षीय शाक्यको आज विहान आफ्नै निवास काठमाडौंको ओबहालमा हृदयघातका कारण निधन भएको परिवारले जनाएको हो । २००८ देखि २०४० सालसम्म रेडियो नेपालमा सेवा गरेका शाक्य ‘तिरिरी मुरली बज्यो बनैमा’, ‘हामीलाई छाडी दाई त अब’, ‘एकानी दुवानी’, ‘रात यो नबित्ला’जस्ता सदाबहार गीतका स्रष्टा हुन् । आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड छन् । एभिन्यूज टेलिभिजनको ‘सर्वोत्कृष्ठ नेपाली : उत्कृष्ठ बर्ष व्यक्तित्व–२०७२’ बाट सम्मानित भएका शाक्यका दुई छोरा प्रबेशमान पबित्रमान पनि संगीत क्षेत्रमै सक्रिय छन् । शाक्यको आजै टेकु दोभानमा अन्तिम संस्कार गरिने बताइएको छ ।