१५ चैत्र २०८०, बिहीबार
Follow Us

सेफलाई नेपाली खाना पकाउने तालिम

नेपालब्रिटेन डट कम्
१२ माघ २०७३, बुधबार ०६:४५

काठमाडौं । सेफ्स एसोसिएसन अफ नेपाल (क्यान)ले नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरसम्म पु-याउन वार्षिक एकसयभन्दा बढी व्यक्तिलाई स्वदेशी तथा विदेशी खाना पकाउने तालिम प्रदान गरेको छ । एसोसिएसनले आर्थिक वर्ष २०७२-७३ मा ६० जना नयाँ तथा ५० जना पुराना व्यक्तिलाई सेवाकालीन तालिम प्रदान गरेको हो । एसोसिएसनका उपाध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपाली खाना बनाउने व्यक्ति (सेफ)को क्षमता विकास गराउनुका साथै नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्नका लागि एसोसिएसनले खाना पकाउने तालिम प्रदान गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एसोसिएसनमा तालिम लिएका व्यक्तिमध्ये ८० प्रतिशत विदेश जाने र २० प्रतिशतले मात्र स्वदेशमा काम गर्ने गर्छन् ।” एसोसिएसन सन् २०१६ देखि अन्तर्राष्ट्रिय सेफ्स एसोसिएसनसँग आबद्ध भई काम गरिरहेको बस्नेतले बताउनुभयो ।
विसं २०५३ सालमा स्थापना भएको एसोसिएसनमा हाल एक हजार ७५ सदस्य आबद्ध छन् भने नेपाली खाना पकाउने तालिम र कामलाई समेटेर ‘नेपाली कुक बुक’ प्रकाशन गर्न लागेको छ । एसोसिएसनले नेपाल पर्यटन बोर्ड, होमस्टे एसोसिएसन, टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल एसोसिएसन अफ नेपाल (हान)लगायत सङ्घसंस्थासँग मिलेर विभिन्न कार्यक्रम गर्दै आएको छ ।