१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस नेतृ आरजु देउवा बेलायतमा

नेपालब्रिटेन डट कम्
१२ माघ २०७३, बुधबार ०८:१०

लन्डन– नेपाली कांग्रेसकी नेतृ एवं सांसद डा आरजु देउवा लन्डन आइपुगेकी छन् । बेलायत सरकार एवं गैरसरकारी संस्थाको बिभिन्न बैठकमा सहभागी हुन एक साता लामो भ्रमणका लागि डा. देउवा बेलायत आएको नेपाली जनसम्पर्क समिति बेलायतले जनाएको छ । महामन्त्री राजकुमार त्रिपाठीका अनुसार उनीको सम्मान बेलायतस्थित पार्टीको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतले एक कार्यक्रमको आयोजना गर्ने तयारी गरिहेको छ ।
नेतृ देउवाले बेलायतस्थित दातृ नियोग, प्रमुखप्रतिपक्ष दल लेबर पार्टी, एवं एम्नेस्टी इन्टरनेसनलका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ ।
डा देउवा मंगलवार साँझ लन्डनस्थित हित्रो बिमानस्थल आइपुग्दा नेपाली दूतावास बेलायतका राजदूत डा. दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए ।

उनीको स्वागतका लागि जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, बेलायत भ्रमणमा रहेका पर्यटन सचिव शंकर अधिकारी, मिन रानाभाट, तर्क गुरुङ, युबराज गुरुङ,शेरबहादुर सुनार, रिचर्ड गुरुङ, इन्द्रमान गुरुङ लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए ।

rkt1