१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं प्रहरी प्रमुखमा छवि जोशी, खनाल र खरेल हेडक्वार्टरमा

नेपालब्रिटेन डट कम्
१३ माघ २०७३, बिहीबार ०६:४७

काठमाडौं । सरकारले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृह मन्त्री बिमलेन्द्र निधीको मन्त्रीस्तरीय निर्णयमा ३९ जना एसएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विभिन्न विवादका कारण लामो समयदेखि रोकिएको नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको हो । सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाण्डौ प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको छ । अपराध महाशाखामा भने दिनेश अमात्यलाई ल्याइएको छ । त्यसैगरी, प्रहरी प्रधान कार्यालयमा सर्वेन्द खनाल र ललितपुर प्रहरी प्रमुखमा ठूले राईलाई सरुवा गरिएको छ । त्यसैगरी, प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहनुभएका एसएसपी रमेश खरेललाई प्रहरी हेडक्वार्टर युएन शाखामा सरूवा गरिएको छ । त्यस्तै, उत्तमकुमार कार्कीलाई कोशी, पिताम्बर अधिकारीलाई मेची, दिपककुमार थापालाई लुम्बिनी, सूर्य प्रसाद उपाध्यायलाई नारायणी र बलराम पौडेललाई सगरमाथा अञ्चल प्रहरी प्रमुखमा पु¥याइएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको सरुवालाई लिएर चर्किएको विवादका कारण सरुवा प्रभावित भएको थियो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच गएराति भएको सहमतिपछि सरुवाको निर्णय भएको हो ।
https://nepalpolice.gov.np/images/documents/updates/ssp_saruwa_2072_10_12.PDF