१५ चैत्र २०८०, बिहीबार
Follow Us

इतिहासकै महँगो विवाह

नेपालब्रिटेन डट कम्
१३ माघ २०७३, बिहीबार ०७:१७

नयाँ दिल्ली । अबुधावीका राजकुमार शेख मोहम्मद बिन जायेद अल नहयान यतिबेला भारतको गणतन्त्र दिवसको मुख्य पाहुना बनेका छन् । उनी गत वर्ष पनि भारत आएका थिए । ९ सन्तानका पिता जायेदले स १९८१ मा सलामा बिन्त हमदानसँग विवाह गरेका थिए । उनीहरुको विवाह इतिहासकै महँगो मानिन्छ । सात दिनसम्म चलेको उक्त विवाह समारोहमा झन्डै सात अर्ब रुपैयाँ खर्च भएको थियो । उनको विवाह सबैभन्दा महँगो भनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ ।
पाकिस्तानी अखवार डानको रिर्पोटअनुसार राजकुमारका पिताले कपडाका स्टेडियम बनाउन अर्डर दिएका थिए । त्यहाँ २० हजार पाहुना बसाइएको थियो । रिर्पोटअनुसार राजकुमार घोडामा बसेर आफ्नो सामराज्य घुमेका थिए । शाही परम्पराअनुसार साम्रराज्यका जनतालाई उपहार बाँड्दै उनी हिडेका थिए । बेहुलीलाई लगाउने गहना २० वटा ऊटमा बोकाएर लगिएको थियो ।
अबुधावीको राजकुमार हुनुको साथै शेख मोहम्मद संयुक्त अरब इमिरेटको सेनाको डिपुटी सुप्रिम कमाण्डर पनि हुन् । सेनाको बागडोर उनको सौतेनी भाइ शेख खलिफा बिन जायेद अल नहयानको हातमा छ ।