१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कृषि राज्यमन्त्री राधिका लन्डनमा

नेपालब्रिटेन डट कम्
१३ माघ २०७३, बिहीबार ०७:१९

लन्डन । कृषि राज्यमन्त्री राधिका तामाङसहितको तीन सदस्य टोली भोलि शुक्रबार लन्डन आइपुग्ने कार्यक्रम छ । यूरोपको विभिन्न देशको भ्रमणपछि उनी बेलायतको लन्डन आइपुगेकी हुन् । उनी बेलायतमा तीन दिनसम्म रहने कार्यक्रम छ ।
राज्यमन्त्री तामाङसँग लन्डनमा नेपाली दूतावासले भेटघाटको कार्यक्रम राखेको बुझिएको छ । रेडिङमा शनिबार आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने जनप्रगतिशील मञ्चले जनाएको छ । समसामयिक राजनीतिलगायत नेपालमा उत्त कृषि उत्पादनका विविध अवसरको बारेमा वर्तमान सरकारको नीतिबारे बोल्ने तथा सामूहिक कृषि लगानीमा सरित हुन बेलायतवासी नेपालीलाई आह्वान गर्ने मञ्चले जनाएको छ ।