१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा १० मध्ये १ महिला पीडादायी यौनसम्पर्क राख्न बाध्य

नेपालब्रिटेन डट कम्
१३ माघ २०७३, बिहीबार १४:२७

लन्डन । बेलायतमा गरिएको एक अध्ययनअनुसार प्रत्येक १० बेलायती महिलामध्ये एकजना यौन उत्पिडनमा परेका छ । यो सर्भेमा १६ देखि ७४ वर्षका करिब सात हजार यौन सक्रिय महिला सहभागी थिए । यो सर्भेक्षण ब्रिटिस जर्नल अफ ओब्स्ट्रिक एन्ड गायनेकोलोजीमा छापिएको छ । सर्भेअनुसार दसमध्ये एक महिलाको पीडा डायसपारुनियाबाट भएको हो ।
यो महिलाहरुमा हुने आम समस्या हो, विशेष गरी मोटो र ५० वर्षभन्दा बढी उमेर समूहका महिलालाई हुन्छ । यसका अलवा १६ देखि २४ वर्षका महिलाहरु पनि प्रभावित छन् । यसको उपचार चिकित्सय प्रणालीबाट सम्भव छ ।
पीडादायी यौन सम्पर्कपछि अरु समस्या थपिने आशंका रहन्छ । यस्ता बेला यौन आनन्दभन्दा पीडा बढी हुन्छ । यौन सम्पर्कपछि शारीरिक, मनोचिकित्सकीय र भावनात्मक असर पर्न सक्छ । कतिपय महिलाले दुखाइको डरले यौन सम्पर्क नराख्न संकोच लाग्ने बताए । कतिपयले ४० वर्षको उमेरदेखि नै यो समस्या भोग्दै आएको बताए ।