८ बैशाख २०८१, शनिबार
Follow Us

पक्राउ परेका चिनियाँ नागरिक दूतावासको जिम्मा

नेपालब्रिटेन डट कम्
१३ माघ २०७३, बिहीबार १४:२९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहदानीसहित पक्राउ परेका एक चिनियाँ नागरिकलाई प्रहरीले आज नेपालस्थित चिनियाँ दूतावासको जिम्मा लगाइएको छ ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक वइविन हि रहेका छन् । उनलाई बुधबार राति १० बजे ड्रागन एयरबाट हङ्कङ जान लागेको अवस्थामो विमानस्थलबाट प्रहरील पक्राउ गरेको थियो ।
जाँचका क्रममा उनको साथमा रहेको ब्यागबाट ४४ थान चिनियाँ राहदानी भेटिएपछि हिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नायब महानिरीक्षक गोविन्द निरौलाले पक्राउ परेका हि लाई आज दिउँसो नेपालस्थित चिनियाँ दूतावासको जिम्मा लगाइएको जानकारी दिनुभयो ।
नेपालको राहदानी ऐन र अध्यागमन ऐनमा अर्काको राहदानी लिएर हिँड्ने विदेशीलाई कारबाहीको व्यवस्था नभएको भेटिएपछि कानुनी कारबाही अगाडि नबढाएर दूतावासको जिम्मा लगाइएको उहाँले बताउनुभयो । पक्राउ परेका हिले बयानका क्रममा आफू व्यवसायी भएको तथा साउदी अरबको प्रवेशाज्ञा लगाउन आफूले राहदानी लिएर हिँडेको बताएका थिए । उनी गत हप्ता नेपाल आएका थिए ।