४ बैशाख २०८१, मंगलवार
Follow Us

मृगौला रोगी राईलाई सहयोग जुट्दै

नेपालब्रिटेन डट कम्
१४ माघ २०७३, शुक्रबार ०६:३३

दमक । दुवै मिर्गौलाले काम गर्न छाडेपछि पाँचथर रानीटार–३ का फुलकुमार राईको मिर्गाैला प्रत्यारोपण गर्न विभिन्न क्षेत्रबाट सहयोग जुट्दै गएको छ । मृगौला रोगी राईको उपचारमा सहयोग जुटाउन सञ्चालित अभियानमा हालसम्म करिब रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ । अस्ट्रेलियामा बसोबास गर्ने अनिता राई, प्रकाश राई र जेवी राईको सक्रियतामा सङ्कलित रु ९५ हजार नौ सय ९० उपलब्ध गराइएको हो ।
यस्तै, कतारबाट प्रकाश गुरुङको सक्रियतामा रु २३ हजार सातसय ५४ उपलब्ध भएको छ । गत चैतदेखि स्वास्थ्यमा समस्या भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका राईको दुवै मिर्गाैला ड्यामेज भएको चिकित्सकले जनाएका थिए । निरन्तर डायलाइसिस गराइरहेका राईको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौैला प्रत्यारोपण गर्न कठिनाइ भएको थियो ।
यसअघि विभिन्न मुलुक र स्थानीय क्षेत्रमा रहेका दाताले रु एक लाखभन्दा बढी जुटाइसकेका छन् । यसैबीच, मिर्गौलापीडित राईका आफन्त र शुभेच्छुकको सक्रियतामा ‘फुलकुमार बचाउँ अभियान’ नामक संस्था गठन गरिएको छ । अभियान संयोजक अशिम राईको पहलमा सहयोग सङ्कलन तीव्र पारिएको छ । मिर्गौला रोगी राईको मिर्गाैला प्रत्यारोपण गर्न रु १५ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको संयोजक राईले बताउनुभयो ।