१५ चैत्र २०८०, बिहीबार
Follow Us

देशभर मौसममा परिवर्तन, हिमाली भागमा हिमपात

नेपालब्रिटेन डट कम्
१४ माघ २०७३, शुक्रबार ०७:१६

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण राजधानी काठमाडौंलगायत देशभरको मौसममा परिवर्तन आएको छ । काठमाडौंलगायत कतिपय जिल्लामा पानीसमेत परिरहेको छ । आज शुक्रबार दिनभरि पानी घाम नदेखिने मौसमविद्ले जानकारी दिएका छन् ।
त्यसैगरी उच्च हिमाली भागमा हल्का हिमपातसमेत हुने मौसम विज्ञान विभागले जनाएको छ । शनिबार बिहानसम्ममा मौसममा सुधार हुने विभागले जनाएको छ ।