१२ बैशाख २०८१, बुधबार
Follow Us

मीराले जितिन् साहसी वर्ष व्यक्ति

नेपालब्रिटेन डट कम्
१४ माघ २०७३, शुक्रबार ०७:१७

काठमाडौं । नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन् । नेसनल जोग्राफीले राईलाई एड्भेन्चर अफ द इयर २०१७ घोषणा गरेको छ । उक्त प्रतियोगितामा विश्वभरका १० जनालाई पछि पार्दै धावक राई साहसी व्यक्ति हुन सफल हुनुभएको हो ।
विश्वप्रसिद्ध टेलिभिजनले अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिमध्येबाट यस्तो प्रतिस्पर्धा गराउँदै आएको छ । नेसनल जोग्राफीको वेभसाइटमा प्राप्त भोटका आधारमा उहाँलाई छनोट गरिएको थियो । भोजपुरमा जन्मनुभएका २९ वर्षीय राई निरन्तर अल्ट्रा धावकका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागी हुँदै आउनुभएको छ । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा होमिनुभएकी राई शान्ति सम्झौतापछि वैदेशिक रोजगारीमा जानुभएको थियो ।