काठमाण्डौं । शिक्षामन्त्री धनीराम पौडेल र स्वाथ्यमन्त्री गगन थापाले दिएका मन्तब्य अहिले सामाजिक सञ्जाल फेसबुकमा चर्चामा छन् । मन्त्री पौडेलले गत सोमबार लन्डनस्थित नेपाली दूतावासमा दिएको मन्तव्यमा अंग्रेजी भाषामा लेखिएको मन्तव्य राम्रोसंग उच्चारण समेत गर्न नसक्दा सामाजिक संजाल प्रयोगकर्ताले चर्को आलोचना गरेका छन् ।

यस्तै मन्त्री थापाले गतहप्ता विश्व स्वाथ्य अर्गनाइजेसनकाे साधारणसभामा जेनेभा दिएको मन्तव्य अहिले भाइरल भैरहेको छ् । मन्त्री थापाको मन्तव्यलाई समाजिक प्रयोगकर्ता रुचाएका छन् । दुबै भिडियो पहिलो पटक नेपालब्रिटेन डट कमले सार्वजानिक गरेको हो ।