August 11, 2020
10:49 PM | 3:34 AM

तीन निर्वाचन आयुक्त सिफारिस

  27/01/2017 मा प्रकाशित

काठमाडौं । संवैधानिक परिषद्को आज बसेको बैठकले निर्वाचन आयोगमा तीन निर्वाचन आयुक्त सिफारिस गरेको छ । आयोगमा रिक्त रहेका तीन निर्वाचन आयुक्तहरुमा नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार साहलाई सिफारिस गरेको उपसभामुख गङ्गाप्रसाद यादवले जानकारी दिनुभयो ।
सिफारिस भएका तीन आयुक्तको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित पाँच पदाधिकारी रहने व्यवस्थाअनुसार हाल प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा हुनुहुन्छ । आजको सिफारिसपछि आयोगले पूर्णता पाउने भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपसभामुख यादव र मुख्य सचिव डा सोमलाल सुवेदी सहभागी हुुनुहुन्थ्यो ।

प्रतिक्रिया