१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पोखरामा ‘लिटरेचर फेस्टिभल’ सुरु

नेपालब्रिटेन डट कम्
१४ माघ २०७३, शुक्रबार १२:३६

पोखरा । पोखराको फेवाताल किनारास्थित नेपाल पर्यटन बोर्ड परिसरमा आजदेखि चार दिने छैटौँ संस्करणको ‘लिटरेचर फेस्टिभल’ सुरु भएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा ४० वटा सत्रमा सयभन्दा बढी साहित्यकार, लेखक, राजनीतिज्ञ, समाजशास्त्री, कलाकर्मी र विश्लेषकले विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
बुकोरम फाउन्डेसन र रेन्डम रिडर्स सोसाइटीद्वारा आयोजित सो महोत्सवमा साहित्य, कला, सिनेमा, समाज, संस्कृति र राजनीतिसँग जोडिएका विभिन्न सत्र, पुस्तक विमोचन तथा साङ्गीतिक प्रस्तुति गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापा, व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारी, साहित्यकार वैरागी काइँला, धु्रवचन्द्र गौतम, खगेन्द्र सङ्ग्रौला, नारायण ढकाल, नयनराज पाण्डे, चैतन्य मिश्र, सुधीर शर्मा, वरिष्ठ पत्रकार हरिहर विरही, नारायण वाग्ले तथा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहभागी हुनु हुने आयोजकले जनाएको छ । साथै, भारतका प्रसिद्ध साहित्यकार एवम् लेखक रामचन्द्र गुहा, दुर्जदत्त र उदय प्रकाश, भुटानका नाम्गे जाम, साहित्यकार पनि सम्मेलनमा हनु हुनेभएको छ ।
वरिष्ठ साहित्यकार कुलचन्द्र गौतमले सो महोत्सवको आज एक समारोहका बीच उद्घाटन गर्दै जमघटमा हुने बहस र अन्तक्र्रिया कार्यक्रमले मुलुकको साहित्य क्षेत्र अगाडि बढ्नुका साथै लेखन र पठनपाठनमा समेत वृद्धि हुने बताउनुभयो । साहित्यले वर्तमानमा चेतनाको वृद्धि गर्दै महत्वपूर्ण ऊर्जा र भविष्यको बाटो देखाउने हुँदा लेखक र समालोचकले परम्परादेखि वर्तमानसम्मको व्याख्या गर्नुपर्नेमा उहाँको जोड थियो ।
शिक्षाविद् केदारभक्त माथेमाले मुलुकको शैक्षिक क्षेत्रमा बढेको राजनीतिक हस्तक्षेपका कारण वौदिक जनशक्ति पलायन हुँदै गएको बताउँदै त्यसका लागि सबै पक्ष गम्भीर बन्नुुपर्ने बताउनुभयो ।