१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘मेरो माया’ मा सञ्चिता (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
१५ माघ २०७३, शनिबार ०५:३९

काठमाडौं । अभिनेत्री सञ्चिता लुईटेल एक म्युजिक भिडियोमा देखिएकी छन् । केही समयअघि मात्र चलचित्रमा ‘कम्ब्याक’ गरेकी सञ्चिता गायिका अमृता लिम्बू र लक्ष्मीदास गहतराजको स्वर रहेको ‘मेरो माया’ बोल गीतको भिडियोमा देखिएकी हुन् ।
भिडियोमा सञ्चितासँगै पुष्पले अभिनय गरेका छन् । यु–ट्युब च्यानल स्टार लाइट इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको यस भिडियोलाई युगल पोमुले निर्देशन गरेका हुन् । यो भिडियो हेरेपछि यस्तो लाग्छ, ‘नेपाली म्युजिक भिडियोमा पनि स्तरिय बन्दारहेछ ।’ भिडियो निकै उत्कृष्ट बनेको छ ।
भिडियोमा सञ्चिता र पुष्पको कुसल अभिनय त छ नै, गायिका अमृता र लक्ष्मीदासको स्वर पनि तारिफयोग्य छ । अमिृता पछिल्लो समय गायनमा सम्भावना बोकेकी गायिका हुन् भने लक्ष्मीदासको गायन प्रस्तुत पनि कम छैन । यस गीतलाई अहिलेका चर्चित संगीतकार ताराप्रकाश लिम्बूले संगीत गरेका हुन् । उमेश कालिकोटेको शब्दरचना रहेको ‘मेरो माया’ गीतलाई शाहस शाक्यले एरेञ्ज गरेका हुन् ।
यस गीतको भिडियोबाट गायिका अमृताले निकै आशावादी रहेको बताएकी छन् । त्यस्तै गायक लक्ष्मीदासले पनि यस गीतले आफूले श्रोतमाझ चिनाउन अभिलाषा रहेको बताएका छन् ।