१२ बैशाख २०८१, बुधबार
Follow Us

विद्युत् चोरीमा संलग्न थप एक पक्राउ

नेपालब्रिटेन डट कम्
१५ माघ २०७३, शनिबार ०५:५१

काठमाडौं । विद्युत् चोरीमा संलग्न सुकेधारामा बुद्ध वासिङ सेन्टरका सञ्चालक सिन्धुपाल्चोक, लिसङ्खुका स्थायी घर भएका बुद्धकुमार लामालाई प्रहरीले पक्राउ गरेको छ ।
बिजुली मिटर एक थान र बिजुली मिटर सिल दुई थानसहित उनलाई बिहीबार पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय परिसर काठमाडौँ पठाइएको छ ।
यसअघि विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनीरूपमा मिटर बक्सको अङ्क घटाइ विद्युत् चुहावट गरी विद्युत्को खपत बढाउनुका साथै प्रत्यक्ष रुपमा विद्युत्भार कटौतीमा समेत प्रभाव पारी ठगी गर्ने कार्यमा संलग्न १६ जनालाई गत माघ ९ गते पक्राउ गरेको थियो ।
यसैबीच कपनमा रहेको रामकृष्ण ढुङ्गेलले सञ्चालन गरेको सवनम प्लास्टिक उद्योग, चाबहिलस्थित मुरारी थापाले सञ्चालन गरेको टेम्पु चार्जिङ कारखाना र ललितपुर इमाडोलस्थित रमेशकुमार लुनियाले सञ्चालन गरेको बोतल कारखानाबाट बिजुली सिल दुई दुई थान र बिजुली मिटर एक÷एक थान बरामद गरेको छ । तीनै जना सञ्चालक भने फरार रहेको महाशाखाले जनाएको छ ।