१९ बैशाख २०८१, बुधबार
Follow Us

संविधान कार्यान्वयनमा जुट्न प्रमको आग्रह, तस्बिरमा यस्तो देखियो टुँडिखेल

नेपालब्रिटेन डट कम्
१५ माघ २०७३, शनिबार १३:४१

6'Fl8v]ndf ;f]gfd Nxf];f/ tfdfª ;d'bfon] df3 z'Sn k|ltkbfsf lbg dgfpg] ;f]gfd Nxf];f/ kj{ zlgaf/ sf7df8f}Fsf] 6'Fl8v]ndf ljljw sfo{qmdsf] cfof]hgf u/L dgfpFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दरमुलुक भएको बताउनुभएको छ । तामाङ ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले हाम्रा लागि मात्रै नभई विश्व समुदायका लागि नेपाल बहुपहिचानयुक्त एक महत्वपूर्ण पुँजी भएको स्पष्ट पार्नुभएको छ ।

k|wfgdGqL bfxfn ;f]gfd Nxf];f/df k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú ;f]gfd Nxf];f/ kj{sf] cj;/df g]kfn tfdfª 3]b'ªn] sf7df8f}Fsf] 6'Fl8v]ndf zlgaf/ cfof]hgf u/]sf] ljz]if sfo{qmddf tfdfª j]ze"iffdf clejfbg ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

प्रधानमन्त्री ‘प्रचण्ड’ले भाषा, संस्कृति, वेषभूषा, संस्कार तथा चाडपर्व आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषता रहेको उल्लेख गर्दै तामाङ जाती नेपालको एक प्राचीन जाति रहेको र सांस्कृतिक रुपमा समेत धनी मानिने यस जातिले सदियाँैदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण एव्म संवद्र्धन गर्दै आइरहेको छ भन्नुभयो ।
नयाँ अवसरको आगमनको खुसियालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने सोनाम ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने भएकाले तामाङ जातिको महत्वपूर्ण चाडको रुपमा यसलाई लिने गरिन्छ, उहाँले भन्नुभयो — ल्हो अथवा वर्ग फेरिनुलाई तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने चलन रहेको र यसवर्ष तामाङ समुदायले बाँदर वर्गलाई बिदा गरी चरा वर्गलाई स्वागत गरेर २८५३ ज्या ल्हो चरा वर्ष मनाउँदै छन् ।

6'Fl8v]ndf ;f]gfd Nxf];f/ tfdfª ;d'bfon] df3 z'Sn k|ltkbfsf lbg dgfpg] ;f]gfd Nxf];f/ kj{ zlgaf/ sf7df8f}Fsf] 6'Fl8v]ndf ljljw sfo{qmdsf] cfof]hgf u/L dgfpFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ‘‘जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट समावेशी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौँ, संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु अहिलेको प्रथम आवश्यकता हो ।”
“हिमाल, पहाड र तराईका सबै जाति भाषा, धर्म, र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो, उहाँले भन्नुभयो— यसका लागि सरकार संवाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको छ ।’’
प्रधानमन्त्री ‘प्रचण्ड’ले तामाङ समुदाय तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनमा हातेमालो गर्न अनुरोध गर्दै सम्पूर्ण नेपाली बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गरी राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ld; tfdfª k|ltof]uLx? ;fd"lxs tl:a/ ;f]gfd Nxf];f/ kj{sf] cj;/df g]kfn tfdfª 3]b'ªn] sf7df8f}Fsf] 6'Fl8v]ndf zlgaf/ cfof]hgf u/]sf] ljz]if sfo{qmddf ld; tfdfª k|ltof]uLx? ;fd"lxs tl:a/ lvrfpFb} . tl:a/ M k|bLk/fh jGt,/f;;