७ बैशाख २०८१, शुक्रबार
Follow Us

मधेसी मोर्चाले दियो माघ २३ सम्मको अल्टिमेटम

नेपालब्रिटेन डट कम्
१५ माघ २०७३, शनिबार १३:५०

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यही माघ २३ गतेसम्म आफूहरुका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा शनिबार बसेको मोर्चाको बैठकले संविधान संशोधनलगायतका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको हो । प्रमुख दलहरु संविधान संशोधनभन्दा पनि निर्वाचनमा बढी केन्द्रित भएको भन्दै मोर्चाले संशोधनका लागि अल्टिमेटम दिएको हो ।
दलहरु आफूहरुका माग पूरा गराउनेभन्दा पनि निर्वाचनमामात्र केन्द्रित भएको भन्दै आन्दोलन गर्ने चेतावनी मोर्चाले दिएको छ । मोर्चाले माग पूरा नभए फागुनदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । बैठकले आफूहरुको सहमतिविपरीत स्थानीय निकाय पुनःसंरचना आयोगले प्रतिवदेन दिएकाले स्थानीय तहमा दबाब दिने निर्णयसमेत गरेको छ ।