१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नारी उत्थानको रजत महोत्सवको समापन

नेपालब्रिटेन डट कम्
१६ माघ २०७३, आईतवार ०५:४९

चितवन । नारी उत्थान केन्द्र नारायणगढले गत साउन ३१ गतेबाट विभिन्न कार्यक्रमहरु गर्दै सुरु भएको रजत महोत्सवको शनिवार  एक कार्यक्रम गरि समापन गरिएको छ । समापन कार्यक्रमकी प्रमुख अतिथि महिला अधिकारकर्मी तथा मानव बेचबिखनको क्षेत्रमा कार्यरत एबीसी नेपालकी अध्यक्ष दुर्गा घिमिरेले आर्थिक शशक्तिकरणले महिलाहरुको अवस्थामा परिवर्तन हुने बताउनुभयो । उहांले अहिले पनि घरेलु हिंसामा कमी आउन नसकेको भन्दै महिला पुरुषको हातेमालोले समाजमा रहेको विभेदको अन्तइ हुने औंल्याउनुभयो । महिलाका पक्षमा ऐन कानुन बनेपनि व्यवहामा कार्यान्वयन हुन नसकेको बताउदै सरकारले मानव बेचबिखन लगायत महिलाका मुद्धालाई प्राथमिकतामा राखे  पनि वर्तमानको संविधानमा समेत विभेद गरेको उहांले बताउनुभयो । यसैगरि, कार्यक्रममा केन्द्रकी संस्थापक अध्यक्ष शान्ता श्रेष्ठ, पुर्व सांसद भीम बहादुर श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ, आदर्श विकास केन्द्रकी सरिता केसी, आदर्श गृहकी मीना खरेल, अधिवक्ता फुलमाया रानाभाट, केन्द्रका सल्लाहकार राजकुमार श्रेष्ठ लगायतले समाज रुपान्तरणमा केन्दैले उल्लेखनिय भुमिका खेलेको बताउनुभयो । सो अवसरमा कलाकारिता, कानुन, शिक्षा, पत्रकारिता लगायतका क्षेत्रमा योगदान दिएका चितवनका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
केन्द्रकी अध्यक्ष पद्मा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम रजत महोत्सव मुल समारोह समितिकी संयोजक तथा पुर्व अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा   केन्द्रलाई विभिनन क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरुलाई कदर पत्रले सम्मान गरिएको थियो । रजत महोत्सवकै अवसरमा गत शनिबार आयोजना गरिएको अन्तर आमा समुह वतृत्व कला प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको थियो ।
लैगिंक हिंसा ः हाम्रो सामाजिक संस्कार विषयक सो प्रतियोगितामा जखडी माई आमा समुहकी मीना दाहाल प्रथम हुनुभएको छ । यसैगरि, संसारीमाई आमा समुहकी अजिता अधिकारी द्धितिय र दिपज्योती आमा समुहकी माया पौडेल तृतीय हुनुभएको छ ।
वि.सं. २०४८ सालमा विधिवत रुपमा स्थापना भएको महिला नेतृत्वको संस्थाले सामाजिक क्षेत्रमा काम गर्दै महिला उद्यमशिलता विकास गर्दै आएको छ  ।