१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन उपाध्यक्ष पन्त र यूरोप संयोजक आचार्य हल्याण्डमा

नेपालब्रिटेन डट कम्
१६ माघ २०७३, आईतवार ०८:५६

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्ष कुमार पन्त तथा यूरोप संयोजक कुल आचार्य हल्याण्ड पुगेका छन् । उनीहरु त्यहाँस्थित गैरआवासीय नेपाली संघ, हल्याण्डको साधारणसभामा भाग लिन दुवै जना त्यहाँ पुगेका हुन् । आचार्यको स्वागतका लागि गैरआवासीय नेपाली संघ हल्याण्डका अध्यक्ष हिमाल गुरुगं सहितको टोली आइतवार बिहान विमानस्थल पुगेको थियो । उनको स्वागतका लागि महेन्द्र सुवेदी, मनोहरी शर्मा विमानस्थल पुगेका थिए । कार्यक्रममा बेल्जियमका नेपाली राजदूत लोक बहादुर थापाको स्वागत तथा सम्मान गर्ने तयारी गरिएको छ ।