६ बैशाख २०८१, बिहीबार
Follow Us

नेविसंघको पदपूर्ति केन्द्रीय समितिको निर्णय विपरित

नेपालब्रिटेन डट कम्
१६ माघ २०७३, आईतवार १३:३५

चितवन । चितवनका विभिन्न क्याम्पसमा रिक्त रहेको नेविसंघ अध्यक्षको पदपूर्तिलाई विधान विपरित भएको भन्दै नेविसंघ केन्द्रिय समितिले वदर गरेको छ । केन्द्रिय समितिले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै चयन गरिएका व्यक्तिलाई भन्दा पनि पद्धतीलाई वद्दर गरेको प्रस्ट्याएको छ । केन्द्रिय समितिसंग  कुनै सल्लाह नगरी मनोमानी ढंले गरीएको निर्णय लोकतान्त्रिक पद्धतीमा कुनै पनि हालतमा मान्य नहुने केन्द्रिय उपाध्यक्ष रामप्रसाद अधिकारीले बताए । संगठनको हित विपरित गठन, विघठन तथा पुर्नगठन नगर्न नगराउन आह्वान गरीएको समेत उनले जोड दिए । रिक्त पदमा मनोनयन गरेको केहि दिन पछि नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको लेटर प्याडमा केन्द्रिय महामन्त्रीद्वय कुन्दनराज काफ्ले र सरोज कुमार थापाले संयुक्त रुपमा पत्र पठाउदै निर्णय वदर गएको जनाएका हुन् । सोही निर्णय अनुरुप आज जिल्लामा पत्रकार सम्मेलन गर्दै केन्द्रिय उपाध्यक्ष रामप्रसाद अधिकारी, केन्द्रिय सदस्य कल्पना पौडेल र सरोज रेग्मीले समितिको निर्णय अनुसार पुनः प्रक्रियागत चयन गरीने बताए । जिल्ला अध्यक्ष भनिएका सूर्य ढकालसमेत अझै पनि विवादित रहेकोले नै उनका अन्य निर्णय समेत वैधानिक नहुने केन्द्य्रिय समितिको ठहर छ ।
यसअघी  जिल्ला अध्यक्ष सूर्य ढकालले विरेन्द्र वहुमुखि क्याम्पस, वालकुमारी कलेज र मैंयादेवी कन्या कलेजमा रिक्त रहेका इकाई अध्यक्ष पदमा जिम्मेवारी दिए संगै विवाद चुलिदै गएको हो ।  नेवि संघको ११ औ महाधिवेसनमा ती कलेजका ईकाई सभापतिहरुले केन्द्रिय सदस्य र विभिन्न पदहरुमा उम्मेदवारी दिएसंगै अध्यक्ष पद रिक्त रहेको थियो । रिक्त रहेका पदहरुमा जिल्ला अध्यक्षमा निहित अधिकार प्रयोग गर्दै अध्यक्षले मनोनयन गरे पछि विवाद चुलिएको हो ।
आगामी फाल्गुन १४ गतेका लागि  स्ववियू निर्वाचनको मिति तय भइसकेको छ ।निर्वाचनको संघारमा नेविसंघ भित्रको विवाद चुलिएपछि चुनावी नतिजा समेत प्रभावित हुने आशंका गर्न थालिएको छ । नेविसंघ चितवनको विवाद लामो समयदेखि रहि आएको थियो । तत्कालीन नेविसंघ चितवनका अध्यक्ष उत्तम जोशिको कार्यकाल पछि नेविसंघ चितवनमा अहिले सम्म निर्वाचन हुन सकेको छैन ।