मीरा राई, एन्डभ्यान्चर अल्ट्रा रनर
भोजपुर साने दुम्बाकी मीरा तत्कालीन माओवादी विद्रोहमासमेत आबद्ध थिइन् । आर्थिक अवस्था कमजोर भएकाले वैदेशिक रोजगारीमा जान भीषासमेत पाइसकेको अवस्थामा उनको जीवनले एकाएक नयाँ मोड लिएको थियो । २०७० चैतमा भएको आउटडोर फेस्टिबलको ५० किमी दौडमा उनले उपाधि जितिन् । यहीबाट सुरु भएको उनले सफलताले अहिलेसम्म धेरै अन्तर्राष्ट्रिय सफलता हात पारिसकेकी छन् । २९ वर्षीया मीरा आफूले पाएको सफलतासँगै अवसरबाट बन्चित आफूजस्तै थुप्रै युवाको भविष्य उज्जल पार्न लागि परेकी छन् । यिनै विषयमा किरण रानाले गरेको कुराकानी–

० नेशलन जोग्राफीको एन्डभान्चर अफ दि एयर २०१७ उपाधि जितिसकेपछि कस्तो महसुस भयो ?
– सोच्दै नसोचेको कुरा प्राप्त भएपछि एकदमै खुशी छु । नेपाली समुदायले मलाई मतदान गरेर जुन उपाधि दिलाउन सहयोग गर्नुभयो, त्यसका लागि धन्यवाद । सबैको मायाले गर्दा मैले उपाधि जितेको हुँ ।

० तपाईंले मेहनतको फल पाइरहँदा कस्तो प्रतिक्रिया आइरहेको छ ?
– विश्वका १० शीर्ष व्यक्तित्वमा पर्नु ठूलो कुरा थियो । त्यहाँसम्म मेरो मेहनत, दुःख र परिश्रमले हो । त्यसपछि चाहिँ नेपाली जनताको माया र सद्भावनाले उपाधि जितेको हुँ ।

० तपाईंजस्ता युवाहरुलाई अगाडि बढाउन तयार हुनुहुन्छ ?
– आम नेपाली समुदायको सहयोगले गर्दा नै म यहाँसम्म पुगेको हुँ । धु्रवविक्रम मल्ल, रनिङ डाइरेक्टर रिचर्ड बल (ब्रिटिस नागरिक) म यहाँसम्म पुग्नका लागि उहाँहरुको ठूलो योगदान छ । मैले पनि अवसर पाएर खेल्न पाएँ । यो अवसर म नयाँ पुस्तालाई पनि दिन चाहन्छु । मैले जुन दुःख पाएँ, त्यो दुःख नयाँ पुस्ताले नपाउन भन्नका लागि सहयोग गर्ने प्रयास गरिरहेको छु । मैले खेल्ने रेस, प्रत्येक महिना आयोजना गराउँदैछु ।

० कहिले गराउँदै हुनुहुन्छ ?
– फ्रेब्रुअरी २८ मा प्रतिस्पर्धा हुन्छ । विभिन्न गाउँ ठाउँका खेलाडीलाई सहयोग गराउने प्रयास गरिरहेको छु । जुम्लाका बहिनीहरु हुनुहुन्छ, उहाँहरुलाई भर्खरै हङकङमा सम्पन्न प्रतियोगितामा मैले नेतृत्व दिएँ । उहाँहरु एसिया च्याम्पियन बन्नुभयो । यो खेलमा सम्भावना छ, मजस्तै कठोर परिश्रम गर्ने भाइबहिनीहरुलाई खेल्ने सरल बाटो देखाउने प्रयास गर्छु । सबैको सहयोग भयो भने यो रेस भनेका प्राकृतिक हो, यसबाट नेपालको नाम हामी विश्वमा फैलाउन सक्छौं ।

० हिजो कसैले नचिन्ने र आज सबैले चिन्ने मीरा राईमा के फरक छ ?
– धेरै फरक छ, अहिले आम नेपालीले नै ठूलो अवसर दिलाउनु भएको छ । यो रेसमा मेहनत गर्नुपर्छ, गर्न सकिन्छ भन्ने म्यासेज दिएको छ । पहिला प्रतियोगितामा सहभागी हुन निक्कै अप्ठ्यारो थियो । अहिले धेरै सजिलो हुँदै गएको छ । हामीले एउटा बाटो पहिल्याएका छौं, यसलाई निरन्तरताका लागि अझ धेरै मेहनत गर्नुपर्छ ।

० यौ दौडलाई नेपालमा स्थापित गर्न सकिन्छ ?
– सम्भावना धेरै छ, गर्न नसकिने होइन, तर हामीले गर्नुपर्छ ।

० सरकारले पनि सहयोग गरेको छ ?
– अहिलेसम्म चाहिँ पाएको छैन, तर सहयोगको आश्वासन धेरै आएको छ । गर्नुहोला भन्ने आशा राखेको छु ।

० तपाईंको पछि लाग्ने व्यक्तिले पनि एडभान्चर अवार्ड जित्ने सपना देख्न थालेका छन् ?
– सपना नदेखि लक्ष्यमा पुग्न सकिँदैन । त्यसका लागि हामीले कठिन परिश्रम गर्न छाडनु हुँदैन ।

० जीवन के रहेछ ?
– जीवन संघर्ष रहेछ, यसलाई सही ठाउँमा प्रयोग गर्न सकियो भने सफल हुन सकिन्छ । आफूले थालेको कुनै काम असफल भयो भनेर त्यत्तिकै छाड्नुभन्दा त्यसको विकल्प खोज्दै अगाडि बढ्यो भने मजस्तै सफल हुन सकिन्छ । विभिन्न ठाउँमा गएँ, कठिन परिश्रम गरे, त्यही परिश्रमले गर्दा म यहाँ आइपुगेको हुँ । यसरी अघि बढ्ने सकियो भने हामी हरेक क्षेत्रमा सफल हुन्छौं ।

० सफल अल्ट्रा धाविका हुन्छु भन्ने सपना देख्नुभएको थियो ?
– यस्तो सपना देखेको थिइँन, यो रेस भनेको नै मैले २०१४ बाट सुरु गरेकी हुँ । त्यसअघि यो रेसबारे थाहा थिएन । पहिलो पटक हिमालय फेस्टिबल रेसमा भाग लिएँ, ५० किमीको उक्त दौड यस्तो पनि हुँदो रहेछ र म गर्न सक्छु भन्ने आँट आयो । अन्य रनरसँग सिक्दै यहाँसम्म पुगेको हुँ । मलाई वैदेशिक रोजगारमा जान रोकेर यहाँसम्म पु¥याउने मेरा गुरु धु्रवविक्रम मल्ल हुन् । उहाँले नै यो बाटो देखाउनु भएको हो । पछिल्लो समय मेरो दौड स्पेनमा थियो, त्यहाँ विश्व च्याम्पियनमा सहभागी भएर म दोश्रो भएँ ।

० बाटो मोडिन्छ भनेर सोच्नु भएको थियो ?
– सोचेको थिइँन, त्यो वातावरण सर रिचर्ड बुलले मिलाइ दिनुभयो । उहाँप्रति आभारी छु ।

० धु्रवविक्रम मल्लसँग कसरी भेट भयो ?
– उहाँलाई मैले सिन्धुली क्याम्पमा देखेको हुँ । म पहिला करातेलगायत अन्य खेल पनि खेल्थे । म अवसरको खोजीमा थिएँ । उहाँ करातेको प्रशिक्षक हुनुहुन्थ्यो, उहाँले मेरो क्षमता चिन्नु भएछ । उहाँहरुले एकपटक अवसर दिनुभयो, त्यो अवसरले म यहाँ छु ।

० अवसर पाउँदा नेपाली कमजोर रहेनछन ?
– हो, हामी गर्न सक्छौं, तर हामीलाई अवसरको खाँचो छ । त्यसका साथै नेतृत्वको पनि हामीमा खाँचो छ ।

० लडाकूकै जीवनयापन गर्नुभएको भए के हुनुहुन्थ्यो ?
– त्यो सपनाको भारी बिसाएर म नयाँ केही गर्न चाहन्थे । क्याम्पमा बाहिर निस्केपछि एक किसिमको वातावरण बन्यो ।

० क्याम्पबाट किन निस्कनुभयो ?
– उमेर नपुगेर म नेपाली सेनामा जान योग्य भइन । मलगायत ४ हजार ८ जना साथीहरु क्याम्पबाट बाहिर निस्कयौं ।

० वैदेशिक रोजगारीमा जान नपाउँदा भविष्य बिर्गादैछु जस्तो लागेन ?
– नेपालमै केही गर्न चाहन्थे । वैदेशिक रोजगारीमा जान नपाउँदा मलाई कुनै संकोच लागेको थिएन । विशेषः खेल क्षेत्रमा केही गर्ने इच्छा थियो । त्यस्तो बेलामा गुरुले यही बस, यही खाँ, यही टे«निङ गर भन्नुभएपछि म धेरै खुशी भएको थिएँ । अभ्यास गरिरहेकै बेला अल्ट्रा धावकको अवसर पाएँ । बनस्थली आएको ३ वर्षजस्तो लाग्छ, तर अहिलेजस्तो लाग्छ । ओ माइ गर्ड इमेजिङ !

० गुँडाको चोटबारे वास्तविकता के हो ?
– देब्रे खुट्टाको लिगामेन्ट बीचको नसो नै चुटिएको रहेछ । अलि अलि सुनिन्थ्यो, रेस्ट गरेपछि हराउँथ्यो । अभ्यास गरेर उभिराख्यो भने सुनिन्थ्यो । मसल मजबुत भयो भने हामी दौडिन सकिदो रहेछ । भाग्यवस मेरो मसल ठूला भएकाले ११० किमी दौडदा पनि कुनै समस्या आउँदैन । जति पनि दौडेर उपाधि जिते नि ती सबै एडभान्चर हो । मेरो नसै रहेनछ, म दौडेको दौडै रहेछु ।

० कहिले थाहा पाउनुभयो नशा रहेनछ भनेर ?
– मलाई स्पन्सर गर्ने सरमन्डको फिजियोले तँसँग लिगामेन्ट छैन भन्दा म छक्कै परेँ । एक्सरे र एमआइआइले पनि छैन भन्ने प्रमाणित ग¥यो । यदि मसँग लिगामेन्ट भयो भने अझ दौडिन सक्छस भनेपछि इटालीमा अप्रेसन गरें । त्यो सबै इटाली रेन डाइरेक्टरले मिलाइदिनुभयो । बेलायतवासी नेपाली समुदायले पैसा दिनुभएको थियो, त्यसले उपचार गरें ।

० कतिभो अपे्रसन गरेको ?
– छ महिना भयो, अब चार पाँच महिना आराम गर्छु, त्यसपछि पुनः प्रतिस्पर्धामा निस्कन्छु । पूर्णरुपमा तयार हुनु समय लाग्ने रहेछ । मासु जोडिनुपर्ने हो । त्यसका लागि मैले फिजियो, रनिङ र कसरत गरिराख्नुपर्ने रहेछ । अहिले म आफ्नो स्वास्थ्य र अंगे्रजी अध्ययन गरिरहेको छु ।

० पाँच महिनापछि कुन रेसमा जादै हुनुहुन्छ ?
– तीन चारवटा रेस छ, फ्रान्समा दुईवटा रेस छ, त्यसपछि स्पेनमा दुईवटा प्रतिस्पर्धामा सहभागी हुन्छु ।

० उपाधि जित्नेमा कत्तिको विश्वस्त हुनुहुनछ ?
– खुट्टा ठीक भएपछि आत्मविश्वास बढेको छ । स्वास्थ्य लाभ भइसकेपछि उपाधि जित्ने कुरामा आशावादी छु ।