१२ बैशाख २०८१, बुधबार
Follow Us

काठमाडौंको कुलेश्वरमा भीषण आगलागी

नेपालब्रिटेन डट कम्
१७ माघ २०७३, सोमबार ०६:१५

काठमाडौं । काठमाडौंको कुलेश्वरमा आगलागी हुँदा आधा दर्जन पसल र दुई वटा घर जलेको छ । आइतबार राति करिब साढे आठ बजेतिर भएको आगलागीबाट कस्मेटिक, मेसिनरीलगायत आधा दर्जन पसल र दुई वटा घर जलेको प्रहरीले जनाएको हो । आगलागीको कारण भने खुलेको छैन । आगो नियन्त्रण गर्न स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको बारुणयन्त्रसहितको टोलीलाई करिब दुई घण्टा लागेको थियो । आगो निभाउन आधा दर्जन दमकल, पानी ट्याङकर आगलागीस्थल पुगेका थिए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।