१५ बैशाख २०८१, शनिबार
Follow Us

निर्वाचनसँग सम्बन्धित कानुनका विषयमा छलफल हुने

नेपालब्रिटेन डट कम्
१७ माघ २०७३, सोमबार ०६:२०

काठमाडौं । निर्वाचनसँग सम्वन्धित कानूनमा छलफल गर्न ब्यवस्थापिका संसदको बैठक बस्दैछ । दिउँसो बस्ने बैठकमा राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको निर्वाचन कसुर तथा सजाय विधेयक २०७३ पारित गराउने तयारी छ । बैठकले वातावरण संरक्षण समितिको प्रतिवेदनसहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पाँचौं संशोधन विधेयक पनि पारित गर्दै छ । त्यसअघि यो विधेयकमाथि सांसदले धारणा राख्नेछन् । आजको बैठकमा भाषा आयोग विधेयक पनि पेश हुँदैछ ।