१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बेलायत आउदै

नेपालब्रिटेन डट कम्
१७ माघ २०७३, सोमबार ०६:३२

लन्डन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यूरोपका विभिन्न देशको भ्रमण गर्नु हुने भएको छ । नेपाली काँग्रेस बेलायतका नेता शान्त लामिछानेका अनुसार नेपाली जनसम्पर्क समितिको विभिन्न कार्यक्रममा सहभागी हुन वरिष्ठ नेता पौडेलले यूरोपको भ्रमण गर्न लाग्नु भएको हो । नेता पौडेल फेब्रुअरीको दोश्रो साता युरोप भ्रमणमा आउदै हुनुहुन्छ । नेपाली जनसम्पर्क समिति डेनमार्कको ११ फेब्रुअरीमा सम्पन्न हुन् लागेको अधिबेशनमा प्रमुख अतिथिको रुपमा भाग लिदै हुनुहुन्छ ।

जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआर्दश पण्डितका अनुसार पौडेलको बेलायतको भिसा टुंगो लागि सकेको छैन् । पौडेलले भिसा हात पारे पछि समितिले औपचारिक रुपमा भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

त्यसपछि बेलायत र बेल्जियमका जनसम्पर्क समितिहरुले राखेको कार्यक्रमलाइ सम्बोधन तथा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
मुलुकको अन्योल राजनीतिक परिस्थिति, संबिधान कार्यान्बयन तथा सम्भावित स्थानिय, प्रदेश र संसदीय निर्बाचन सम्बन्धि थुप्रै राजनैतिक जिज्ञासाका साथ बेलायतबासी नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु नेता पौडेलको आगमनलाई उत्सुकताका साथ हेरेको बताइन्छ ।