१३ बैशाख २०८१, बिहीबार
Follow Us

मधेसी मोर्चा देश बिगार्ने उद्धत: ओली

नेपालब्रिटेन डट कम्
१७ माघ २०७३, सोमबार १३:३३

काठमाडौं । काठमाडौंको टेकु चपलीमा आयोजित वीर योद्दा बलभद्र कुँवरको २२७ औं जन्मजयन्ती तथा शालिक अनावरण कार्यक्रममा ओलीले देशको स्थायित्व र विकासका लागि इमान्दार भएर नलागे उनीहरु आफैं सकिने बताए हो । मधेसी मोर्चातर्फ इंगित गर्दै ओलीले देश बिगार्न भए भोट हाल्छौं, हैन भने भोटै हाल्दैनौं भन्ने धारणा मोर्चाको रहेको टिप्पणी गर्नुभयो । मधेसी मोर्चाले संशोधन प्रस्ताव पास गराउनको लागि भोट हाल्ने भनिरहेको तर यसले देश बिग्रने उनको तर्क थियो । संविधान संशोधन बेमौसमी बाजा भएको भन्दै ओलीले एमालेले लोकतन्त्रको खिल्ली उठाएको भन्ने आरोप निराधार भएको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कुनै पनि प्रणाली देशको हीतका लागि हुनु पर्नेमा अहिलेको संघीयता देश र जनताविरुद्ध भएको बताए । कार्यक्रममा हिमालय शमशेर जवरा, राजबहादुर कुँवरलगायतलाई सम्मान गरिएको थियो ।