८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा बजगाईंको ‘कवच’ सार्वजनिक

नेपालब्रिटेन डट कम्
१७ माघ २०७३, सोमबार १४:१३

लन्डन । बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह ‘कवच’ नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास ‘श कर्नर’मा आफैले सार्वजनिक गरे ।
बेलायतको ‘एयोट सन्ट लरेन्स’मा अवस्थित निवासमा करिब पैतालिस वर्ष बिताएका बर्नाड शको त्यहीँ निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिक स्थल तथा स्मारकहरुको संचालन र संवर्धन गर्ने बेलायतको ‘नेशनल ट्रष्ट’ले म्युजियमको रुपमा संचालन ल्याएको छ ।
लामो समयदेखि युरोपमा बस्दै आएका बजगाईंको यस अघि कथा, लघुकथा, नियात्रा आदि गरी सात कृति प्रकाशित भईसकेका छन् । विगत एघार वर्षदेखि उनले लोकप्रिय साहित्यिक अनलाईन समकालीन साहित्य डट कमको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् । विवेक सिर्जनशिल प्रकाशन, काठमाण्डौंले प्रकाशन गरेको ‘कवच’ लघुकथासङ्ग्रहमा डायोस्पोरिक जीवन, समसामयिक घटना, धर्म, राजनीति, प्रेम, यौन, शोषण, भ्रष्टाचार, बिसंगती आदि विषयवस्तुका तिख्खर लघुकथाहरु छन् ।