August 14, 2020
9:35 PM | 2:20 AM

घुस लिंदालिंदै यातायात व्यवस्था कार्यालयका कर्मचारी पक्राउ

  31/01/2017 मा प्रकाशित

सुनसरी । यातायात व्यवस्था कार्यालय कोशी इटहरीका लेखापाल भूपेन्द्र कटुवाललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । कार्यालयसँगैको एक होटलबाट सेवाग्राहीबाट ४० हजार नगद घूस लिँदालिँदै मंगलबार बिहान अख्तियारको टोलीले कटुवाललाई रंगेहात पक्रेको हो ।
चार जनाको लाइसेन्स बनाइदिने भन्दै रकम लिन उक्त होटलमा बोलाएको घूस दिनेले बताएका छन् । घूस दिन राजिभएर उनीहरुले अख्तियारलाई सम्पर्क कार्यालय इटहरीमा खबर गरेपछि पक्रन अख्तियारले टोली खटाएको कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया